विशेष महत्वका साथ महिलाहरुले तीज मनाए

बुटवल, भदौ १४ गते । हिन्दु तथा धार्मिक संस्कार अनुसार तीज पर्व महिलाहरुको महान पर्व हो । परम्परादेखि धार्मिक प्रचलन अनुसार हिन्दु महिलाहरुले मंगलबार यस वर्षको तीज पर्व नाचगान गरी धुमधामका साथ मनाएका छन् ।
धार्मिक विधिपूर्वक महादेवको पूजा आराधना गरी हिन्दु धर्मालम्बी महिलाहरुले तीज मनाउने प्रचलन नेपाली समाजमा अझैपनि कायम छ ।
धार्मिक परम्परा धान्दै महिलाहरुले हर्षोउल्हासका साथ तीज मनाए । हिमाल, पहडा र तराईका शिवालय मन्दिर तथा खुल्ला मैदानहरुमा महिलाहरु दिनभर नांचगान गरेका थिए । खासगरी शुक्ल तृतीयाको दिन मनाईने यो पर्व महिलाहरुले धार्मिक परम्परा अनुसार भगवान शिवको पूजा आराधना गरी मनाउने गर्दछन् ।
पौराणिक कथा अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउ भनेर सानै उमेरमा महादेवकै आरधना गर्थिन भन्ने धार्मिक ग्रन्थहरुमा लेखिएको छ ।
पार्वतीले लुकेकै ठाउंमा बालुवाको शिवलिंग बनाई महादेव पति पाउ भन्दै नित्य कठोर व्रत लिई पुजा गर्न थालेको पनि धार्मिक ग्रन्थहरुले बताएका छन् ।देशको अवस्था,समाजमा देखिएका विकृति विसंगतीपरिुद्व र अधिकारका कुराहरु गीतका माध्यमबाट गाउंदै र चाच्दै महिलाहरुले तीज पर्व मनाउने पनि गर्दछन् ।