निर्वाचन आयोगद्वारा निर्देशीका जारी

बुटवल, भदौ १४ गते । आगमी मंसिर ४ गते हुने निर्वाचनलाइृ लक्षित गरी निर्वाचन आयोगले निर्देशिका जारी गरेको छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि १७ दिन प्रचार– प्रसार गर्न पाउने गरी निर्देशिका जारी गरेको हो ।
राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले चुनाव प्रचारको लागि १७ दिन पाउने गरी बनाइएको छ । आयोगले चुनाव प्रचारको समय बढाएको भन्दै आलोचना भएको थियो ।
आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पु¥याएको थियो । त्यसैलाई घटाएर १७ दिनमा पु¥याइएको हो । प्रचार प्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा गर्न, सञ्चार माध्यममा प्रचार सामाग्री प्रकाशन प्रशारण गर्न तथा घर दैलो कार्यक्रम १७ दिन भित्र गरिसक्नु निर्वाचन आयोगको निर्देशिकामा उल्लेख छ ।
निर्वाचनमा विजयी भएका उम्मेदवारले पनि कुनै किसिमको भोजभतेर वा नगद र जिन्सी वितरण गर्न नहुने भनिएको छ । प्रचारप्रसारमा लामो समय दिंदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने, प्रचारप्रसार अवधिभर राज्यका अंगहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने भएकाले यति धेरै प्रचारका लागि समय नचाहिने भन्दै आलोचना भएको हो ।
आयोगले मतपत्र छपाईका लागि समय धेरै लाग्ने भएकाले प्रचार प्रसारको समय धेरै छुट्टाउनु परेको बताएको थियो । स्थानीय तह निर्वाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिएको थियो । आयोगले जारी गरेको आचारसंहितामा उम्मेदवारले निर्वाचनको मनोनयनपत्र पेश गर्न जांदा वा घरदैलो कार्यक्रममा जांदा २५ जना जनाभन्दा बढीको जुलुस लिएर जान नहुने उल्लेख गरिएको छ ।
उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकको स्थानमा दलको झण्डा, डिजिटल बोर्ड वा फ्लेक्सको प्रदर्शन गर्न नहुने आयोगले बताएको छ ।
चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटासम्म तुल वा फ्लेक्स राख्न बाधा नपर्ने आयोगले आचारसंहितामा जनाएको छ ।