रुपन्देहीको तिलोत्तममा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिदै

बुटवल, भदौ १६ गते । जेष्ठ नागरिकका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरमा रहेको श्रृंगेश्वर धाम परिसरमा जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिदै छ । जेष्ठ नागरिकहरुका लागि सञ्चालन गरिने मिलन केन्द्रका लागि भवन निर्माण गरिएको छ ।
त्यस्तै पार्कसहित जेष्ठ नागरिक विश्राम स्थल निर्माण गरिएको छ । १८ कठ्ठा जग्गामा फैलिएको श्रृंगेश्वर धाम परिसरमा निर्माण गरिएको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने तयारी गरिएको छ ।
एक सय जना जेष्ठ नागरिक अट्ने क्षमता भएको साढे २ तले भवन बनाइएको । भवनसहित अन्य भौतिक संरचना निर्माणको काम पुरा भएपछि अबो दुई महिना भित्र जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गरिने जेष्ठ नागरिक मिलन केन्द्रका अध्यष यदुनाथ पाण्डेले जानकारी गराएका छन् ।
शुरुवाती चरणमा ७० वर्ष नाघेका २५ महिला र २५ जना पुरुषलाई बिहान ११ बजेदेखि सांझ ४ बजेसम्म राखिने अध्यक्ष पाण्डेले बताए। अधयक्ष पाण्डेका अनुसार भविष्यमा जेष्ठना नागरिकलाई निशुल्क औषधी उपचारका लागि जेष्ठ नागरिक अस्पतालसमेत सञ्चालन गर्ने दिर्घकालिन लक्ष्य छ ।
  पहिला महिला ५० जेष्ठ नागरिकबाट शुरु गरी एक सय जनासम्म जेष्ठ नागरिकलाई राखिने योजना रहेको केन्द्रका सचिव हरिप्रसाद कंडेलले जानकारी गराए। अहिले जग्गाको अभाव भएकाले धेरै जनलाई राख्न सक्ने अवस्था नभएको र जग्गा प्राप्ती भएमा एक हजार जेष्ठ नागरिक अटाउने मिलन केन्द्र सञ्चालन गर्ने लक्ष्य रहेको छ ।
उक्त जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि १ करोको अक्ष्यकोष स्थापना गरिने र मासिक ५ लाख खर्च हुने र केन्द्रका संरक्षक ऋषि भण्डारीले जानकारी गराए ।श्रृंगेश्वरधाम र जेष्ठ नागरिक मिलन केन्द्र निर्माणका लागि अहिलेसम्म करिव साढे ४ करोड खर्च गरिएको छ ।

जेष्ठ नागरिक मिलन केन्द्रले पत्रकार सम्मेलन गरी जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनबारे जानकारी गराएको हो । यही भदौ १८ गते शनिबार हुने दोस्रो साधारण सभाबाट मिलन केन्द्र सञ्चालनका लागि कार्यविधिको म्याण्डेट लिइने अध्यक्ष यदुनाथ पाण्डेले जानकारी गराएका छन् ।
अहिले उक्त केन्द्र भित्र रमणीय खालको पार्क निर्माण गरिएको छ , भने पार्कलाईलाई हरियालीसमेत बनाइएको छ ।
विभिन्न खालका उद्यानसंगै वानीको फोहोरा नाइएको छ । जेष्ठ नागरिकलाई टेन्सनमुक्त गराउने गरी ६८ फिटको अग्लो त्रिसुलसमेत राखिएको छ ।