बुटवलबाट हराएका प्यूठानका नारायणबहादुर रायमाझी दाङमा भेटिए

हरि बिक
प्यूठान,भदौ १७ गते।
बुटवलबाट हराएका भनिने प्यूठान नौबहिनी गाउंपालिका सिरवारीका नारायणबहादुर रायमाझी आज भदौ १७ गते दाङमा भेटिएका छन् । यही भदौ ९ गते बुवलबाट सम्पर्क बिहिन तथा हराएका रायमाझी दाङको दुल्सीपुर नगरपालिका शान्तिनगरमा फेला परेको आफन्त भरत केसीले जानकारी गराएका छन् ।
यस अघि नारायणबहादुर रायमाझी उपचार गराउन बुटवल गएको अवस्थामा हराएको भन्दै खोजिदिन आग्रह गर्दै घर परिवारले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।
घर परिवारले हराएको भनेपछि नयां दिशाले समाचार प्रशासन गरेको थियो ।
स्पष्ट बोल्न नसक्ने र काना कम सुन्ने उनी उपचारका लागि बुटवल आएर नेपालगञ्ज रोडस्थित न्यू स्वर्गद्वारी होटलबाट सम्पर्कविहिन भएपछि घरपरिवार आफन्तजनहरुले खोज्दै जांदा दाङको दुलसीपुरमा सकुशसल फेला परेका छन् ।