काँचो इट्टामा विमाको व्यवस्था गर्न व्यवसायीको माग

श्यामलाल पोखरेल

बुटवल, माघ ७ । इट्टा व्यवसायीले कांचो इट्टामा विमाको माग गरेका छन् । कांचो इट्टामा विमा नहुंदा इट्टा उद्योगहरु थप संकटमा परेकाले इट्टा व्यवसायीले कांचो इट्टामा विमाको व्यवस्था मिलाई दिन सरकारसंग माग गरेका हुन् ।

सबै क्षेत्र र व्यवसायमा विमा हुने र कांचो इट्टामा विमा नभएकाले लगानी असुरक्षित बनेको व्यवसायीको गुनासो छ । लुम्बिनी ट्टटा उद्योग व्यवसायी संघ रुपन्देहीको बुधबार सियारीमा सम्पन्न २२ औं वार्षिक साधारण सभामा बोल्ने व्यवसायीले इट्टा व्यवसायीलाई हेर्ने राज्यको दृष्टि कोणमा परिवर्तन आउन नसकेको बताए । नीजि क्षेत्रको लगानीबाट इट्टामा देशलाई आत्मनिर्भर बनाउन सफल इट्टा व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुबाट सहज रुपमा ऋण खान पनि समस्या भोग्नु परेको बताए । कांचो इट्टामा विमाको व्यवस्था नहुंदा, राज्यको स्पष्ट नीीत नियमको अभावका कारण व्यवसाय संकटमा देखेपछि बैंक तथा सिवत्तिय संस्थाहरुले लगानी गर्न आनाकानी गर्ने गरेको व्यवसायीको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी इट्टा व्यवसायी संघ रुपन्देहीका संस्थापक अध्यक्ष रतनकुमार गुप्ताले राज्यको नीति अष्पष्ट हुंदा इट्टा उद्योग र व्यवसायीको लगानी जोखिममा रहेको बताउनुभयो । इट्टा उद्योग व्यवसाय निकै जोखिमपूणर््ँ प्रकृतिको व्यवसाय भएपनि इट्टाबाट देशलाई आत्मनिर्भर बनाएर अर्थतन्त्रमा टेवा पुराउंदा पनि राज्यले व्यवसायीका समस्या बुझ्न नसकेको बताउनुभयो ।

नेपाल इट्टा उद्योग महासंका केन्द्रिय उपाध्यक्ष सफरवली मियांले लकडाउन र बेमौसमी वर्षाका कारण कांचो इट्टा नोक्सान हुंदा नीजि क्षेत्रका व्यवसायीको करोडौ करोडको लगानी डुबेको बताउनुभयो । कांचो इट्टामा सरकारले विमाको व्यवस्था नगर्दासम्म इट्टा व्यवसायी जोखिमबाट उन्मुक्ति पाउन नसक्ने बताउनुभयो । लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ रुपन्देही अध्यक्ष थानेश्वर घिमिरेले प्रकृतिको जोखिम, कामदारको अभाव, महङो व्याजको ऋण र राज्यको असहयोगका कारण इट्टा व्यवसायी समस्यामा परेको बताउनुभयो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका उपाध्यक्ष दिलिप सापकोटा, लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ रुपन्देही सचिव रमेश खना, इट्टा व्यवसायी टंकनाथ अधिकारी लगायतले बोल्दै लकडाउन, प्रकृतिको प्रकोप, महङो कच्चा पदार्थ र कामदारको अभावले व्यवसाय जोखिममा रहेकाले यसप्रति गम्भीर बन्न सरकारसंग माग गर्नुभयो ।

थानेश्वर घिमिरेको अध्यक्षता र अजयकुमार गुप्ताको सञ्चालनमा कार्यक्रम भएको हो । इट्टा उद्योग क्षेत्रमा कलम चलाएको भन्दै रुपन्देहीको भैरहवा निवासी पत्रकार माधव ढुंगानालाई लुम्बिनी ट्टटा उद्योग व्यवसायी संघ रुपन्देहीले नगदसहित सम्मान गरेको छ ।