बुटवल उपमहानगरकाले गरेका एक सय दिने काम सार्वजनिक

बुटवल, भदौ १७ गते। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले एक सय दिनमा भएका कामहरु सार्वजनिक गरेको छ । शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी मेयर खेलराज पाण्डेले एक सय दिनमा भएका कामहरु सार्वजनिक गरेका हुन् ।
उनले एक सय दिनमा जति काम गरियो ति कामहरु उपलब्धमूलक रहेको दावी गरेका छन् ।
बुटवल भित्र विभिन्न शिर्षकमा घर घटाउने निर्णयदेखि बुटवलको सडक, मुख्य सडक निर्माणका क्रममा गरिने अनुगमन र सहजिकरणका लागि समिति गठन गरिएको सय दिने काममा राखिएको छ ।
मेयर खेलराज पाण्डेले सार्वजनिक गरेका सय दिने काममा चालु आर्थिक बर्षका लागि सम्पत्ती कर र घरबाहाल करमा १० प्रतिशत छुट दिइएकोलाई उपलब्धीमा राखेका छन् ।
ईरिक्सा, हाटबजार बैठकी करमा १० देखि १८ प्रतिशतसम्म, राजमार्ग चौराहदेखि चिडियाखोला सम्म सडक निर्माण कार्य समयमा सम्पन्न नहुंदा घरधनीले भोगेको कठिनाईका कारण व्यवसायीलाई व्यवसाय करमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको मेयर पाण्डेले बताए ।
मेयर पाण्डेले ज्योतिनगर पहिरो प्रभावित क्षेत्रका संरचनाहरुमा सम्पती कर अशुली गर्दा सम्पती मुल्यांकनमा ७५ प्रतिशत छुट दिइएको बताए।
नागरिकता, अपाङगता, जेठ नागरिक परिचय पत्रसहित १३ प्रकारका सिफारिस दस्तुर निःशुल्क गरेको सय दिने उपलब्धी भएको मेयर पाण्डेको भनाई छ । बुटवल १५ मा व्यवस्थित कृषि बजार केन्द्र स्थापनाका लागि जग्गा प्राप्तीको प्रक्रिया अघि बढेको, आम्दा अस्पतालमा प्रविणता प्रमाण पत्र तहको नर्सिङ अध्यायनका लागि प्रक्रिया अगाडि बढाइएको, बुटवल टेक्निकल ईनिस्टच्युटमा सिभिल ईन्जिनियरिङतर्फ स्नातक तहको अध्यानका लागि प्रक्रिया अगाडि बढाइएको, बुटवलमा बहुतले पार्किङ भवन निर्माणका लागि परामर्श दतासंग सम्झौता भई अध्यायन सुरु भएको सय दिने उपलब्धीमा उल्लेख गरिएको छ ।
बुटवल १६ मा कृषि विज्ञान कलेज स्थापनाको प्रक्रिया अगाडि बढाइएको, जलस्रोत नीति तर्जुमाका लागि कार्यदल गठन, ईरिक्सा व्यवस्थापन अध्यायनका लागि समिति गठन, अव्यवस्थित बसोबासीका लागि जग्गा प्रदान गर्न नापजांचको काम सुरु लगाएतका कामलाई पनि सय दिने उपलब्धी भनिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल, आम्दान अस्पताल र सेमलार बर्थिङ सेन्टरमा जन्मिएका नवजात सिसु र आमालाई २५ पोषण खर्च दिने कार्य सुरु गरिएको छ । यसका लागि पौने २ करोड रुपैया विनियोजन गरिएको उहांको भनाई छ ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जिम्मेवार पदमा पुगेपछि सोचे अनुसारको काम गर्ने चहाना विद्यमान कानुन बाधक बनेको बताइन ।
बुटवललाई सभ्य बुटवल बनाउने गरी आगमी दिनमा काम गर्ने उपप्राुख अर्यालले प्रतिवद्वता जनाइन ।
यस्तै बुटवल उपमहानगरपालिकाले बुटवल वडा नम्बर ११ मा स्मृति पार्क बनाउने भएको छ । उक्त पार्कको शुक्रबार शिलन्यास गरिएको छ ।
उक्त स्मृतिपार्क शिलन्यास कार्यक्रम एमालेले बहिष्कार गरेको छ ।