जेष्ठ नागरिक मिलन केन्द्रको साधारण सभा सम्पन्न, अध्यक्षमा यदुनाथ र उपाध्यक्षमा ओमी पुन चयन

बुटवल, भदौ १८ गते ।जेष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमाको दोस्रो वार्षिक साधारण भएको छ । जेष्ठ नागरिकलाई संरक्षण गर्ने उद्वेश्यले जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिएको हो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगारनगस्थित श्रृंगेश्वर धाम परिसरमा सञ्चालन गरिएको जेष्ठ नागरिक मिलन केन्द्रको शनिबार दोस्रो वािर्षक साधारण सभा सम्पन्न भएको हो ।
  शनिबार आयोजित उक्त वार्षिक साधारण सभामा बोल्ने वक्ताले जेष्ठ नागरिक मिलन केन्द्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । जेष्ठ नागरिक मिलन केन्द्रलाई दिर्घकालिन रुपमा सञ्चालन गर्न ५ करोडको अक्ष्यकोष स्थापना गर्ने उक्त वार्षिक साधारण सभाका सहभागीहरुले प्रतिवद्वता जनाएका छन् ।
सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खांणले सरकारले गर्न नसकेको काम स्थानीय व्यक्तित्वहरुबाट भएको भन्दै प्रशंसा गरेका छन् । जेष्ठ नागरिकहरुको संरक्षणका लागि जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिवद्वता जनाए ।
जेष्ठ नागरिक मिलन केन्द्रको दिर्घकालिन विकास गर्नुपर्ने र त्यसका लागि स्थानीय सरकारको तर्फबाट सहकार्य गरेर सहयोग गर्न तयार रहेको बताउंदै सामाजिक र विकासका कामहरुमा सबैसंग सहकार्य र एकता गरेर तिलोत्तमा नगरपालिका अगाडी बढ्ने मेयर खांणले बताए ।
कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका सल्लाहाकार टिकारम घिमिरे, लोकनाथ उपाध्याय, ऋषि भण्डारी, ओमी पुन, श्रृङेश्वर धामका कोषाध्यक्ष गणेशप्रसाद न्यौपाने, गणेश कडेल लगायतले बोल्दै जेष्ठ नागरिक मिलन केन्द्रलाई नमुनाको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेको अध्यक्षता र सचिव हरिप्रसाद कडेलको सञ्चालनमा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट संस्थाको विधान पारित भएको छ । वार्षिक साधारण सभाबाट अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्वत रुपमा पास भएको छ ।
त्यस्तै साधारण सभाले जेष्ठ नागरिक मिलन केन्द्रको अध्यक्षमा यदुनाथ पाण्डे र उपाध्यक्षमा ओमी पुनलाई चयन गरेको छ । श्रृंगेश्वर धाम परिसरमा निर्माण गरिएको जेष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि एक सय जना जेष्ठ नागरिक अट्न सक्ने क्षमता भएको साढे २ तले भवन बनाइएको छ ।
७० वर्ष उमेर पुगेका १ सय जना जेष्ठ नागरिकका लागि जेष्ठ नागरिक विश्रामस्थल र पार्क निर्माण गरिएको छ ।
जेष्ठ नागरिक मिलन केन्द्रको अक्ष्यकोषका लागि ओमी पुनले आफ्ना आफ्ना श्रीमान खेम पुनको स्मृतिमा साधारण सभाको अवसरमा १० ला रुपैयां प्रदान गरेकी छन् ।