रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्राम सामाजिक क्षेत्रमा क्रियाशील

बुटवल, भदौ २४ गते। सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्रामले सामाजिक उत्तरदायित्व अन्र्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।स्थापना कालदेखि दुवै संस्था सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
सामाजिक उत्तरदायित्तव अनुसार रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्रामले वृक्षरोपण गरेको गरेका छन् ।
रुपन्दन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर नौ मा रहेको विश्व शान्ति सामूदायिक आधारभुत विद्यालयको परिसरमा वृक्षरोपण गरिएको हो ।
कागती, चाप, जावुनो, वेल, धुपी सल्लो लगायतका विरुवाहरुको वृक्षरोपण गरिएको हो ।
  विद्यालयमा हरियाली र स्वच्छ वातावारण होस् भन्ने उद्वेश्यले विभिन्न जातका विरुवा रोपिएको रोटरी क्लव अफ मणिग्रामका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए।
क्लवका अध्यक्ष दुर्गाप्रसाद अर्यालको अध्यक्षता, विद्यालयका प्राध्यानध्यापक डोलराज बस्यालको आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी वृक्षरोपण गरिएको हो ।
त्यस कार्यक्रममा बोल्दै विद्यालयका प्राध्यानध्यापक डोलराज बस्यालले विद्यालय परिसरमा वृक्षरोपणले विद्यालयलाई शोभायमान बनाउन सहयोग मिलेको बताए ।
सचिव मिनप्रसाद भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै रोट्याक्ट क्लव अफ मणिग्रामका अध्यक्ष आयुष पौडेलले विद्यालय जस्तो पवित्रस्थलको गरिमा बढाउनका लागि हरप्रकार सहयोग गर्ने प्रतिवद्वता जनाउंदै विद्यालय र विद्यार्थीको समस्यालाई हेरीकन अन्य सहयोगहरु पनि गर्ने बताए ।

वृक्षरोपण कार्यक्रम संयोजक तुल्सी पौडेलले आवश्यक अनुसार विश्व शान्ति सामूदायिक आधारभुत विद्यालयसंगै अन्य ठाउंहरुमा पनि वृक्षरोपणलगायतका अन्य सामाजिक कामहरु गर्न सकिने बताए ।तिलोत्तमाको समेरा बजारको सार्वजनिक स्थलमा निर्माण गरिएको शौचालयको रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्रामको टोलीबाट उक्त शौचालयको अनुगमन गरिएको छ ।
रोटरी क्लव अफ मणिग्राम २०१९– ०२० को कार्यसमितिले आवश्यक्ता अनुसार सार्वजनिक स्थलमा शौचालय बनाएको थियो ।
उक्त शौचालय सञ्चालन कसरी भएको र छ व्यवस्थापन कस्तो छ भन्ने विषयमा बुझ्ने उद्वेश्यले अनुगमन तथा निरिक्षण गरिएको हो ।
त्यस्तै रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्रामको संयुक्त आयोजनामा दुर्गादत्त माध्यानमिक विद्यालयमा सित्तलजल कार्यक्रम गरेको छ ।
तीजको अवसरमा विद्यालयमा सित्तलजल वितरण गरिएको हो ।
रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्राममा आवद्व व्यक्तित्वहरु मिनप्रसाद भण्डारी, यज्ञप्रसाद न्यौपाने, अच्युत पन्थ, गणेश पन्थ, गेणश भुसाल, बन्दना पाण्डे, प्रमोद भण्डारी, अस्मिता कुंवर, वविता भुसाल, सुस्मिता पोखरेल लगायतको सहभागितामा सित्तलजल वितरण गरिएको हो ।