घरधनीको मनोमानीका कारण होटल व्यवसायीद्वारा बुटवलको अल्फा होटलामा तालाबन्दी

बुटवल, भदौ २५ गते । बुटवलको नयां बसपार्कस्थित अल्फा होटल सञ्चालनको विषयमा विवाद भएपछि तालाबन्दी गरिएको छ ।अल्फा होटलका घरधनीले मनोमानी रुपमा घरभाडा बढाई होटल सञ्चालन गर्दै आएका दिनेश कार्कीलाई हटाई अर्कैलाई होटल सञ्चालन गर्न दिएपछि विवाद शुरु भएको हो । २०७५ साल फागुन २५ गतेबाट अल्फा होटल किनेर सञ्चालन गर्दै आएका दिनेश कार्कीलाई हटाएर घरधनीले अर्कोलाई होटल दिएपछि विवाद बढेपछि पीडित पक्षले शनिबार होटलमा तालावन्दी गरेको हो ।
होटल सञ्चालन गर्दै आएका पीडित दिनेश कार्कीसहित होटल व्यवसायी, घरवाला सरोकार संघ, स्थानीय जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गरिएको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको सभाहलमा पत्रकार सम्मेलन गरी घरधनीले मनोमानी भाडा बढाएर होटल अर्को व्यक्तिलाई बचेपछि अन्यायमा परेपछि तालावन्दी गरिएको पीडित दिनेश कार्कीले बताए।
शुरुमा होटल सञ्चालन गर्दाको बखत २०७३ साल माघ ४ गते पूर्व होटल सञ्चालक शिवप्रसाद तिमिल्सेनाले घरधनीका दाई भिमबहादुर आलेसंग नौ वर्षका लागि एग्रीमेण्ट गरेर होटल चलाउन शुरु गरेका थिए ।
चालु अवस्थामा रहेको उक्त होटल दिनेश कार्कीले शिवप्रसाद तिमिल्सेनासंग एग्रीमेण्ट गरी २०७५ साल फागुन २५ गतेदेखि अल्फा होटल सञ्चालन गर्न शुरु गरेका थिए ।
२०७७ साल पुस २३ गते सडक विस्तारको क्रममा घर भत्काइएको थियो । घर बनेपछि पुनः दिनेश कार्कीले होटल सञ्चालनका लागि पुरानै सम्झौता अनुसार होटल सञ्चालन गर्न खोज्दा हङकङ बस्दै आएका घरधनीका दाई भिमबहादुर आलेले मनोमानी भाडावृद्वि गरी अर्कैलाई होटल चलाउन दिएपछि विवाद शुरु भएको हो ।
पीडित दिनेश कार्कीका अनुसार मासिक १ लाख १५ हजार भाडा तिर्दै आउनु भएका होटल सञ्चालक दिनेश कार्कीलाई घरधनीका दाई भिमबहादुर आले र नातेदार नारायण गलामीले भाडावृद्वि गरेर मासिक २ लाख ५० हजार बनाएका थिए ।
घर निर्माणका लागि २१ महिना समय लागेको र उक्त समयमा होटल सञ्चालन नभएपनि घरधनीलाई भाडा दिंदा पनि अन्तिममा अर्कैलाई होटेल बेचेर दिनेश कार्कीलाई अपमाननित ढंगले निकालेपछि तालावन्दी गर्नुपर्ने अवस्था आएको होटल तथा रेष्टेरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले बताए।
घरधनीसंग भएको पुरोनो सम्झौता अनुसार दिनेश कार्कीको अझै ६ वर्ष करार नामको अवधी बांकी र ४ लाख २१ हजार पेस्की बांकी छ । सम्झौता उलंघन गरी घरधनीले घर भाडावृद्वि गरेर होटल व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न नदिनु निन्दनीय भएको भन्दै पर्यटन व्यवसायीले बिरोध जनाएका छन् ।
अल्फा होटल सञ्चालनका लागि घरधनीले विवाद निकालेको भन्दे होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले उपाध्यक्ष लेखनाथ भण्डारीको संयोज रहेको तीन सदस्यी छानविन समिति गठन गरेको थियो ।
विवाद मिलाउनका लागि संयोजसहित गएको होटलमा गएको टोलिमाथि घरधनीका दाई भिमबहादुर आले र नाताले सालो पर्ने नारायण गलामीले अपमान गर्दै हातपात गर्ने प्रयास गरी गालीगलोजसमेत गरेकाले दुई पक्षवीच मिल्न समस्या आएपछि बाध्यताले तालाबन्दी गरिएको होटल व्यवसायीले बताएका छन् ।
बुटवल क्षेत्रमा घरधनीसंग मिलेर होटलबाट हटाउने र अर्कैलाई महंगोमा भाडा लगाएर नाफा कमाउने गिरोह सक्रिय रुपमा लागेकाले होटल व्यवसायी थप संकटमा र असुरक्षित हुंदै गएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका पूर्व अध्यक्ष समुन्द्र जीसीले बताए ।
होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी ् महासचिव माधवप्रसाद खनालले घरधनीको ज्यादतीले बुटवलमा दर्जनौ व्यवसायी असुरक्षित बन्दै जांदा व्यवसाय नै धरापमा पर्ने अवस्थाको सिर्जना भएको बताएका छन् ।
बुटवलमा घरधनीहरुको मनोमानीले वयवसायी व्यवसायबाट विस्थापित हुने अवस्था आएकाले बुटवलको बजारलाई टिकाइ राख्नका लागि १५ प्रतिशत घरभाडा छुट गर्न घरवाल सरोकार संघका अध्यक्ष राजु लिगलको माग छ ।