औपचारिकताका लागि मनाइयो बाल दिवस, बाल अधिकारप्रति सरकार बेखवर

बुटवल, भदौ २९ गते । आज राष्ट्रिय बाल दिवस देशभर मनाइएको छ । बालमैत्री समाजको आधार उत्तरदायी सरकार भन्ने नाराका साथ ५८ औं राष्ट्रिय बाल दिवस मनाइएको हो ।
२०२१ सालदेखि भदौं चार गतेबाट मनाउन शुरु भएको बाल दिवस २०६३ सालको परिवर्तनसंगै भदौं २९ गतेदेखि मनाउन थालिएको हो ।
आज शिक्षण संस्था, बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएका छन् ।
बालअधिकार अन्तर्गत गास, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा स्वतन्त्रता लगायतका अधिकारहरु नैसर्गिक भएपनि सबै बालबालिकाले अधिकार पाउन सकेका छैनन् । बाल अधिकारको नारा नारामा मात्र सिमित रहेको छ । बुटवलका सडकमा बालवालिका अलपत्र अवस्थामा भेटिन्छन्, भने होटलहरुमा बालमजदुरका रुपमा बालवालिकाहरुले काम गर्दै आएका छन् ।
बालमैत्री शासनको व्यवस्था सरकारी निकायमा कागजमा लेखिएपनि बालबालिकाहरुले त्यसको महसुस गर्न सकेका छैनन् ।
देशका केयौं जिल्लाका बालबालिकाहरु अहिले पनि विद्यालयको पहुंचमा छैनन् । राष्ट्रिय बालदिवसलाई औपचारिकतामा मात्रै सिमित गरिएको छ ।
नेपालमा राष्ट्रिय बाल दिवस मनाउंदै गर्दाको दिनसम्म पनि बालवालिकाहरु नैसर्गिक अधिकारबाट त बन्चित छन्, भने बालवालिकाले पाठ्य पुस्तकसमेत पाएका छैनन् ।
किनेर पढ्छु भन्दा पनि नयां शैक्षिक सत्र शुरु भएको पांच महिना बित्दा पनि बालवालिकाले पुस्तक आएका छैनन् ।