‘विशिष्टीकृत सहकारीको अवधारणालाई व्यापक बनाउनु पर्छ’

बुटवल । विशिष्टीकृत सहकारीको अवधारणालाई व्यापक र विस्तार गर्नुपर्नेमा सहकारी अभियान्ताहरुले जोड दिएका छन् । उनीहरुले सहकारी बचत तथा ऋणमा मात्रै सीमित हुन नहुनेमा जोड दिए । शनिवार बुटवलमा सम्पन्न जिल्ला सहकारी संघ रुपन्देहीको ३७ औ बार्षिक साधारण सभामा बोल्ने सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा रहेका अवसरहरुलाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका हुन् ।

साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी महासंघ केन्द्रीय सञ्चालक तथा नेपाली काग्रेस जिल्ला सचिव राम कृष्ण खाँणले उत्पादनमुलक क्षेत्रमा लाग्नुको विकल्प नभएको बताए । उनले सहकारीले गरिवीको दुष्चक्रबाट मुत्ति बनाउने कार्यमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

जिल्ला सहकारी संघका अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य माधवलाल देवकोटा, प्रदेश बचत संघ लुम्बिनीका अध्यक्ष श्रीकृष्ण नेपाल, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, प्रदेश बचत संघ का सचिव बसन्त ढकाल, नेप्सुनका केन्द्रीय सञ्चालक सन्दीप सापकोटा, रुपन्देही दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष लेखनाथ पाण्डे, आवाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बाबुराम बन्जाडे, लोकवाणी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष राधा ज्ञवाली लगायतले बोल्दै सहकारीहरुलाई अझ व्यवस्थित र उत्पादनमुलक बनाउनु पर्ने बताए ।

कार्यक्रममा संघका लेखा समिति संयोजक जगन्नाथ गौतमले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष दामोदर पंगेनीले कोषाध्यक्षको प्रतिवेदन र सचिव तथा प्रदेश सकारी विकास बोर्डका सदस्य टिका न्यौपानलेले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।