असोज १ बाट प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिदै

बुटवल, भदौ ३१ गते । यही असोज १ गते राततीदेखि प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको कार्यकाल सकिने भएको छ ।
निर्वाचनको मिती तोकेपछि निर्वाचन आयोगले असोज १ गते रातीदेखि संघीय र प्रदेश सरकारका सांसदहरुको कार्यकाल सकिने स्पष्ट पारेको छ ।
आयोगले राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको भदौ २८ गतेको पत्र र भदौ २९ गतेको राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझावका आधारमा २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राती १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।
आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधिसभा, प्रदेशसभा, संघीय संसद् राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति, राजनितिक दललाई दिने र नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।