प्रदेशको पांच वर्षे कार्यकाल उपलब्धीमूलक – मुख्यमन्त्री

लुम्बिनी प्रदेशको दीर्घकालिन रणनीनितक योजना तयार

बुटवल, असोज ११ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको पांच वर्षे कार्यकाल उपलब्धीमूलक रहेको बताएका छन् । उनले पांच वर्षको अबधीको कार्यकाल सिकाई र भोगाईसंगै प्रदेशको हितमा काम गरिएको दावी गरेका छन् ।
पांच वर्षको कार्यकालमा लुम्बिनीको सम्वृद्विका लागि आधार बनेको बताउंदै उले भने– अवको लुम्बिनी प्रदेश चलाउने नेतृत्वलाई काम गर्न सहज हुने गरी योजना सतिहका आधारहरु तयार गरिएको छ ।
लुम्बिनी प्रदेशका लागि लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको १० वर्षे दीर्घकालिन रणनीनितक योजना पुस्तक हस्तान्त्रण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले अब आउने नेतृत्वलाई प्रदेश संरचना हाक्नका लागि प्रदेश योजना आयोगले आर्थिक, समाजिक, सांस्कृतिक, पूर्वाधार र सम्भावनाका क्षेत्रहरुको पहिचान गरी योजनावद्व रुपमा आधार तयार बनाइदिएको बताए ।
उनले नीतिगत रुपमा लुम्बिनीको विकासको आधार तयार भएकाले अब आउने कार्यकालमा काम गर्न सहज हुने बताए । पछिल्लो राजनीतिक संक्रमणका कारण धेरैले फाइदा लिएको उल्लेख गर्दै राजनीतिक संक्रमणले संविधान, न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका प्रभावित भएको बताए ।
देशलाई अगाडी बढाउनका लागि राजनीतक संक्रमणको अन्त्य गर्नुपर्ने बताउंदै उनले भने – अब राजनीतिबाट फाइदा ल्याएकाहरुलाई जनताले चुनावमा मत दिन नहुने तकृ गरे ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले सबै क्षेत्रलाई समटेर १० वर्षे दीर्घकालिन रणनीति योजना बनाईएको बताए ।
प्रदेशको समग्र विकासका लागि हरेक क्षेत्रमा दक्षता तथा विज्ञता हासिल गरेकाहरुसंगको सरसल्लाहा र सुझावमा वर्षे दीर्घकालिन रणनीति योजना तयार गरिएको बताए ।
लुम्बिनी प्रदेश योजना आयोगका प्रमुख सचिव दीपक काफ्लेले लुम्बिनीको गरिबी, बेरोजगारी हटाउने र प्रतिव्यक्ती आर्थिक वृद्विदर बढाउने लक्ष्यसहित दीर्घकालिन रणनीतिक योजना तयारी गरिएको बताए ।
लुम्बिनी प्रदेश योजना आयोगले तयार पारेको १० वर्षे दीर्घकालिन रणनीनितक योजना समेटिएको पुस्तक मंगलबार एक कार्यक्रमबीच योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई हस्तान्त्रण गरेका छन् ।
२ सय ५० पृष्टमा प्रकाशित गरिएको पुस्तक मुख्यमन्त्रीलाई हस्तानत्रण गरिएको छ ।