रक्तिमका कलाकारद्वारा बुटवलमा सडक नाटक

बुटवल, असोज १४ गते। रक्तिम सांस्कृतिक अभियानले बुटवलमा सडक नाटक प्रदर्शन गरेको छ ।
बुटवलका बिभिन्न चोकहरूमा शुक्रबार राजनीतिक समसामायिक विषयलाई समेटेर रक्तिमका कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका हुन् ।
रक्तिमका कलाकारहरू सडक सांस्कृतिक कार्यक्रमको माध्यमवाट जनता तथा देशको बेदनाले भरिएका गीत र नृत्य प्रस्तुत गरेका थिए ।

बुटवलमा सञ्चालित पांच दिने प्रशिक्षण कार्यक्रम समापनको दिन सडक नाटक प्रस्तुत गरिएको रक्तिमका उपाध्यक्ष हेम आश्रमले जानकारी गराए ।
पांच दिनसम्म चलेको प्रशिक्षणमा कलाकारहरुलाई गायन, नृत्य, वाद्ययवादनसहित राजनीतिक–सांस्कृतिक प्रशिक्षण दिइएको रक्तिमका अध्यक्ष गिरिप्रसाद बुढाले बताए ।
कार्यक्रममा अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, उपाध्यक्ष हेमराज आश्रम, महासचिव जीवन शाहीसहित नेता कार्यकर्ता र कलाकारको सहभागिता रहेको छ ।