राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा स्रष्टा सम्मान

बुटवल, असोज १५ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०४ औ जन्म जयन्तीको अवसरमा बुटवलमा श्रष्टा सम्मान, पुरस्कार प्रदान र रचना वाचन कार्यक्रम गरिएको छ ।
बुटवलको नब जागृति पुस्तकालयको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।उक्त कार्यक्रममा बोल्ने सरोकारवालाले राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुराएको योगदानको उच्च कदर गर्नुपर्ने बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि बिश्व हिन्दु महासघका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षेत्रीले राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यलाई विश्वव्यापी बनाउनु भएको उल्लेख गर्दै कवि घिमिरेले नेपाली कथा, कविता तथा साहित्यको क्षेत्रबाट समाज परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको बताए ।
कार्यक्रममा प्रा.डा बाबुराम ज्ञवाली ,विश्व हिन्दु महासंघ रुपन्देही अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठ, अर्जुनमान सैंजु, पुनराम पोखरेल, जोगलाल विक, अनुपमान सैंजु, सुजीता शेरचन, कृष्णप्रसाद कोइराला लगायतले बोल्दै कवि माधवप्रसाद घिमिरेलाई राज्य र नागरिकको तर्फबाट उच्च कदर गर्नुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा हुमप्रसाद शर्मालाई सम्मान गरिएको छ ।
विश्व हिन्दु महासंघ रुपन्देही अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष इन्दु देबि श्रेष्ठको स्वागत र सचिव त्रिबिक्रम श्रेष्ठको सन्चालनमा कार्यक्रम भएको थियो ।