रक्तिम कलाकार कमाला केसीको निधन

बुटवल, असोज ३० गते ।रक्तिम सांस्कृतिक अभियानकी कलाकार कमला केसीको सनधन भएको छ । रुपन्देहीको बुटवलस्थित चाँदवारीमा बस्दै आएकी कलाकार कमला केसीको २०७९ असोज २९ गते सांझ ४५ वर्षको उमेरमा निधन भएको हो ।
पूर्व गुल्मी निवासी कमलाको फोक्सोमा क्यान्सर भएका कारण निधन भएको हो ।
क्यान्सर पीडित कलाकार कमला २०५० सालदेखि रक्तिम सांस्कृतिक अभियानमा आवद्व थिइन ।
गीत तथा नृत्यको क्षेत्रमा अब्बल कमला केसी रक्तिम सांस्कृतिक अभियानको कुशल अभिभावक थिइन् ।
स्व. कलाकार कमला केसीका एक छोरा र एक छोरी र श्रीमान छन् ।
रक्तिम कलाकार कमला केसीको निधनप्रति रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समिति र देशभरका जिल्ला समितिहरुले शोक व्यक्त गरेका छन् ।
रक्तिमका केन्द्रिय महासचिव जीवन शाहीले आइतबार शोक बक्तब्य जारी गरी पुर्व केन्द्रीय सदस्य एवं कलाकार कमला के.सी.को २०७९ असोज २९ गते साँझ निधन भएको खबरले दुखी बनाएको बताएका छन् ।
कमलाको निधनले नेपाली जनवादी सांस्कृतिक आन्दोलनमा ठूलोक्षति पुगेको छ । रक्तिम सांस्कृतिक अभियानले एक होनाहार प्रतिभावान कलाकारमात्र नभई कुशल अभिभावक गुमानु परेको शोक विज्ञप्तीमा उल्लेख छ ।
शेक विज्ञप्तीमा भनिएको छ – रक्तिम सांस्कृतिक अभियानको जीवनमा उहाँको निधनले अपुरणीय क्षति पुगेको छ ।
शोकको यस घडीमा दिवंगत कमला के.सी.प्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।