नेकपाको महासचिवमा पुनः नेत्रविक्रम चन्द निर्वाचित

बुटवल, कार्तिक १ गते । कपिलवस्तुको शिवगढीमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट पुनः नेक्रविक्रम चन्द महासचिवमा निर्वाचित भएका छन् ।
गत असोज २५ गतेदेखि शुरु मंगलबार सम्पन्न भएको महाधिवेशनले पुनः नेत्रविक्रम चन्दलाई महासचिवमा निर्वाचित गरेको हो ।
।महासचिवबाहेक अन्य पदाधिकारी र केन्द्रिय समितिका सदस्यहरु टुंगाउन बांकी रहेको सो पार्टीका एक नेताले जानकारी गराएका छन् ।
महाधिवेशनले महासचिव नेत्रविक्रम चन्दको १ सय ३ पृष्ठको राजनीतिक प्रतिवेदन पास गरेको छ । त्यस्तै सचिवालय सदस्य सन्तोष बुढा मगरले प्रस्तुत गरेको जातीय उत्पिडन र मुक्ति विषयक प्रतिवेदन पनि महाधिवेशनको बन्द सत्रले पास गरेको बताईएको छ ।
महाधिवेशनमा आठौं महाधिवेशनदेखि हालसम्म पार्टीको गतिविधबारे समिक्षा गरिनुका साथै कम्युनिष्ट आन्दोलनको समिक्षा र कम्युनिष्ट पार्टीको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल भएको सो पार्टीका नेताले जानकारी गराए ।
पार्टीको आगमी योजना र समाजवादी व्यवस्थाको समग्र नीति र कार्यक्रमबारे छलफल भएको नेकपाका एक नेताले जानकारी गराउनुभएको छ ।
आगमी मंसिरमा हुने निर्वाचन खारेज हुनुपर्ने महाधिवेशनमा एक मतले निर्णय भएको बताइएको छ ।
देशभरबाट झण्डै साढे ५ सय प्रतिनिधि सहभागी रहेको महाधिवेशनमा २० वटा गु्रप बनाएर समूहगत छलफल गरिएको थियो ।
२५ गतेबाट शुरु भएको महाधिवेशन ३१ गते सक्ने पूर्व योजना अनुसार आन्तरिक छलफल नसकिएकाले एक दिने ढिलो गरी महाधिवेश सकिएको हो ।
पार्टीको महासचिवबाहेक अन्य पदाधिकारी र सदस्यहरुबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरी जानकारी गराउने नेकपाले तयारी गरेको बताइएको छ ।