देश आर्थिक संकटमा – विष्णु पौडेल

बुटवल, कार्तिक ५ गते । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले देश इतिहांसकै डरलाग्दो आर्थिक संकटमा पुगेको बताएका छन् ।
सरकारको गलत नीतिका कारण देश आर्थिक रुपले संकटमा परेको नेता विष्णु पौडलको दावी छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको भेलामा बोल्दै उनले भने – नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखियो ।
सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने र श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आएको उनले बताए ।
उनले नागरिक चरम मूल्यवृद्धिको चपेटामा परेकाले यसको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिए।
उनले आफू अर्थमन्त्री हुंदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेर दोब्बर वृद्धि भएको दावी गरे ।
विगतमा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात हुंदा देशमा आर्थिक संकट आएको उनको तर्क छ ।
गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको बताए ।
एमाले पोलिटव्युरो सदस्य तथा रुन्देही क्षेत्र नम्बर २, १ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले नीजि क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउंदै आर्थिक समृद्धिका लागि एमालेको सरकार बन्न आश्यक रहेको दावी गरे ।
रुपन्देही–२, २ का एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीका माग सम्बोधनका लागि एमाले सकारात्मक भएको बताए ।
सरकारबाट नीजि क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्न नहुने उनको दावी छ ।
उद्योगी व्यवसायीको तर्फबाट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगामी निर्वाचनमा एमालेलाई साथ दिने प्रतिवद्वता जनाएका छन् ।