बुटवलका पत्रकार टेक मास्की रानाको निधन

बुटवल, कार्तिक ९ गते । बुटवलका पत्रकार टेक मास्की रानाको निधन भएको छ । ४८ वर्षिय पत्रकार रानाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।
स्याङ्जा कालीगण्डकी ३ विर्घा निवासी उनी २०४८ सालदेखि बुटवललाई कर्मथलो बनाएका थिए ।
डेंगुबाट ग्रसित रानाको आईसीयूमा उपचाररत थिए ।
रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो । रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए । स्व. पत्रकार रानाले बुटवलबाट प्रकाशित नयांदिशा पत्रिकाबाट २०५१ बाट पत्रकारिता शुरु गरेका पत्रकार राना नेकपा क्रान्तिकारी माओवादी रुपन्देही जिल्ला समितिका सदस्य थिए ।
पत्रकारितासंगै पत्रकार राना २०६३ सालदेखि नेकपा क्रान्तिकारी माओवादीको जिल्ला पार्टीको समितिका रहेर काम गर्दै आएका थिए ।
केही वर्ष अघि श्रीमती गुमाएका पत्रकार राना दुई छोरी र एक छोरा छन् ।