कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक

बुटवल, कार्तिक १२ गते । नेपाली कांग्रेसले आगामी एक दशकमा नेपाललाई उद्यम–अनुकूल, मध्यम आय भएको समन्यायिक मुलुक बनाउने घोषणा गर्दै चुनावी घोषणपत्र सार्वजनिक गरेको छ ।
आगमी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी शनिबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले एक दशकभित्र चरम गरिबी एक अंकमा सीमित गर्ने संकल्प गरेको छ ।
कांग्रेसले अर्थतन्त्रमा अहिले देखिएका चुनौती समाधान गर्ने र दिगो रुपमा देशलाई समुन्नत बनाउने कार्ययोजनासमेत घोषणापत्रमा प्रस्तुत गरेको छ । कांग्रेसको घोषणापत्रमा ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज होम डेलिभरी गर्नेसम्मका योजना समावेश गरिएको छ ।कांग्रेसले अर्थतन्त्रमा रेमिट्यान्सको योगदान २३ प्रतिशतबाट १०–१२ प्रतिशतमा झार्ने प्रतिवद्धता जनाएको छ ।
असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने कांग्रेसको प्रतिज्ञा (घोषणापत्रसहित) कांग्रेसको घोषणापत्रमा आधारभूत तहदेखि नै ज्ञानमा आधारित अर्थ व्यवस्था निर्माणमा जोड दिने, स्कुल–कलेज तहदेखि नै सूचना–प्रविधिसम्बन्धी शिक्षा र तालिम दिने र सञ्चार पूर्वाधार निर्माण गर्ने र त्यसमा सर्वसाधारणको पहुंच पु¥याउन प्रोत्साहन गर्ने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ ।
कनेक्टिभिटीसंग सम्बन्धित पूर्वाधार (सडक, हवाई, रेल, जल, ऊर्जा र डिजिटल सञ्जाल) मा बहुपक्षीय लगानी जुटाउने र त्यसका लागि झन्झटिला ऐन, नियम, प्रक्रिया सुधार गर्ने कांगे्रसको घोणा पत्रमा छ । त्यस्तै समग्र उत्पादनको लागत घटाउने, तुलनात्मक लाभका क्षेत्रलाई प्रतिस्पर्धी बनाउने र बर्षेनी लाखौंको संख्यामा सम्मानजनक रोजगारी सिर्जना गर्ने कांग्रेसले चुनावी घोषणा पत्रमार्फत प्रतिवद्धता जनाएको छ ।
कांग्रेसले घोषणापत्रमा अहिलेको असहज आर्थिक परिस्थितिको प्रमुख कारण नेपालको वर्तमान आर्थिक संरचना नै भएको निश्कर्ष निकालेको छ ।
कांग्रेसले वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाउन स्थानीय सरकार र वित्तीय संस्थामार्फत संघीय सरकारको ग्यारेन्टीमा स्वरोजगारीका लागि ऋण दिने घोषणा गरेको छ ।खाना पकाउने ग्यासको अनुदानलाई स्वदेशी बिजुली खपतका लागि पूर्वाधार बनाउने गरी विनियोजन गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।कांग्रेसले नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाको नामसारी, सवारी चालक अनुमतिपत्र वाहेकका अन्य सम्पूर्ण सेवा र कागजात सूचना प्रविधिको माध्यम मार्फत् सेवाग्राहीलाई घरमै उपलब्ध गराउने प्रणाली विकास गर्ने कांग्रेसले घोषणा पत्रमा प्रतिवद्वता जनाएको छ ।