गठबन्धनका उम्मेदवारलाई जिताउन मसालका महामन्त्री मोहनविक्रम सिंहको आह्वान

एमालेबाट प्रतिगमनको खतरा छ

बुटवल, कार्तिक १२ गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आह्वान गरेका छन् । प्रतिगमनका बिरुद्व पांच दलीय गठबन्धन बनेकाले प्रतिगमनलाई हराउन गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने बताए ।
गठबन्धन दलका अगुवा कार्यकर्तालाई शनिबार बुटवलमा प्रशिक्षण दिंदै गठबन्धनले जिते मात्र प्रतिगमनले हार्ने बताए ।
गठबन्धन देशकोा राष्ट्रिय आवश्यक्ता भएको महामन्त्री सिहंको तर्क छ । उनले एमालेबाट प्रतिगमनको खतरा रहेको बताउंदै लामो समय लडेर ल्याएको गाणतन्त्रलाई बचाउनुको अर्को विकल्प नभएको बताए ।
दुई दुई पटक संसद विघटन र अहिले चुनावमा गणतन्त्र बिरोधी शक्ति राजाबादीसंग भएको साठगांठले एमालेबाट प्रतिगमनको खतरा छ भन्ने पुष्टि हुदै गएको बताए । अहिले ओलीको नेतृत्वमा एमालेले जुन नीति अपनाएको छ, त्यसले प्रतिगामी दिशा समातेको छ भन्ने कुरा स्पष्ट भएको नेता सिंहको दावी छ ।
पांच दलबीच सैद्वान्तिक र नीतिगत रुपमा मतभेद रहेपनि प्रतिगमनका बिरुद्व गणतन्त्रका पक्षमा एक मत भएपछि गठबनधन भएको बताए ।
सय वर्षको लामो संघर्र्ष र वलिदानद्वारा प्राप्त भएको लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षाका लागि पांच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजय बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्यूठान रुपन्देही सम्पर्क समितिका अध्यक्ष कृष्ण जीसी, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेपाली कांगे्रसका वालाराम पौडेल, प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष श्यामलाल पोखरेल, सञ्चारकर्मी तथा पर्यटन व्यवसायी प्रदीप जीसी, विनोद पोखरेल लगायतले बोल्दै प्यूठानसहित देशभरका गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि पांचै दलका नेताहरुलाई एक साथ भएर लाग्न सुझाव दिएका छन् ।
पार्टी– पार्टीबीचमा हिजोका दिनमा भएको तिक्तालाई भुलेर प्रतिगमनका बिरुद्व दलगत स्वार्थ भन्दामाथि उठेर गठबन्धनका सबै उम्मेदवारलाई जिताउनका दलका नेताहरुलाई संकिण सोंच त्यागेर अगाडी बढ्न उनीहरुले आग्रह गरेका छन् ।