चुनावपछि कांगे्सको नेतृत्वमा सरकार प्रवक्ता– महत
बुटवल, कार्तिक १६ गते । नेपाली कांगे्रसका प्रवक्ता डा. प्रकाशसरण महतले आगमी निर्वाचनपछि कांगे्रसको नेतृत्वमा सरकार बन्ने बताएका छन् ।
आगमी मंसिर ४ गतेको निर्वाचनमा गठबनधनको बहुमत आउने र कांगे्रसको नेतृत्वमा सरकार बन्ने उनको दावी छ ।
रिपोर्टर्स क्लव लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने कांगे्रस प्रवक्ता महतले दावी गरेका छन् ।
अरुले प्रधानमन्त्री बन्ने दावी गरेपनि असमभव रहेको र स्वभाविक रुपमा बहुमतको आधारमा कांगे्रसकै नेतृतवमा सरकार बन्ने दावी गरे ।
गठबन्धन भएपनि गठबन्धन भित्र कांगे्रसको बहुमत आउने र बहुमतको आधारमा कांगे्रसकै नेतृत्मा सरकार बन्ने र सरकारको प्रधामन्त्री शेरबहादुर देउवा नै बन्ने उनको दावी छ ।
नेपाली जनताले पनि कांगे्रसकै नेतृत्व चाहेको दावी गदै निर्वाचनको बेला कांगे्रस भित्र केही असन्तुष्टि देखिएपनि मंसिर ४ अघि नै सबै असनतुष्टिको अन्त्य हुो बताउंदै धेरै असन्तुष्टि सकिएको उनको भनाइ छ ।
उनले संवधानको रक्षा गर्ने र सम्वृद्विको सुनिश्चित गर्ने कांगे्रसको लक्ष्य रहेको बताए ।
संविधान विघटन गरेर तत्कालिन ओली नेतृत्वको सरकारले प्रतिगामी कदम चालेकाले पांच दलीय गठबन्धन बनेको बताउंदै निर्वाचनबाट गठबनधनले बहुमत ल्याउने उनले बताए । गठबन्धनका उम्मेदवारहरुर्ला मत दिन आग्रह गर्दै लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारहरुलाइृ निजताउनुको अर्को जनतासंग कुनै विकल्प नभएको उनले बताए ।