सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्री खांणको निर्देशन

 बुटवल, कार्तिक १६ गते । गृहमन्त्री बालकृष्ण खांण्ँले नागरिकको ज्यूधनको सुरक्षा गर्ने राज्यको पहिलो दायित्व भएको बताएका छन् ।
नागरिकलाई सुरक्षा दिने राज्यको दासियत्व पुरा गर्न सुरक्षा निकायलाई रातदिन खटिन निर्देशन गरे ।
बुधबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा बोल्दै नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था चुस्त बनाउनु पर्नेमा जोड दिए ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, नेपाली सेना, सस्त्र प्रहरी लगायत सुरक्षा निकायका प्रमुखहरुलाई सचेत हुन गृहमन्त्रीले निर्देशन गरेका छन् ।
नेपाली कांगे्रसका केन्द्रिय सदस्यसमेत रहनुभएका गृहमनत्री खांणले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सबैको साथ सहयोग चाहिने बताए ।
आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशको निर्वाचन देशभर एकै दिन हुने भएकाले सबै सुरक्षा संयनत्रलाई परिचालन गरिने बताएद उनले भने –निर्वाचनको माध्यामबाट आमनेपालीलाई मालिक बनाउन सकिने उल्लेख गर्दै सबैलाई आफ्नो अमुल्य मत दिनुपर्छ ।
गृह मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलले निर्वाचन बिथोल्ने खालका गतिबिधिहरुलाई पूर्णरुपमा रोक्ने गरी सुरक्षा व्यवस्था मिलाईएको बताए ।
उनले मतदान केन्द्रमा केही अबरोध तथा समस्या भए ३० मिनेट भित्र नेपाली सेना पुग्ने गरी सुरक्षा व्यवस्था मिलाईएको जानकारी गराए ।
गृहमन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिल तथा सञ्चार मन्त्रालयको आयोजना भएको एक दिने सुरक्षा प्रदेश स्तरीय सुरक्षा गोष्ठिमा सुरक्षा निकायमा प्रमुखहरुको सहभागिता थियो ।