बुटवलमा घरेलु मदिरा नष्ट

बुटवल, कार्तिक १८ गते । रुपन्देहीको बुटवलमा अबैध मदिरा बरामद गरी नष्ट गरिएको छ ।बुटवल ४ दीपनगरका पसल र होटलहरुमा बिक्रीका लागि राखिएको अबैध मदिरा बरामद गरी नष्ट गरिएको हो ।
श्रवण पथ प्रहरी चौकी इन्चार्ज बिमला गौतमको नेतृत्वको प्रहरी टोलीले पसल र होटलहरुमा राखेको २ सय लिटर मदिरा बरामद गरेको थियो ।
बुटवल बाहिरबाट बिक्रीका लागि ल्याएर राखिएको घरेलु मदिरा प्रहरीले बरामद गरेको हो ।
अबैध घरेलु मदिरा बिक्री वितरण भैरहेको सूचनाको आधारमा पसल र होटलहरुमा खोजतलास गर्दा फेला पारिएको श्रवण पथ प्रहरी चौकी इन्चार्ज बिमला गौतमले बताइन ।
उक्त अबैध घरेलु मदिरा शुक्रबार स्थानीय जनप्रतिनिधि, स्थानीय विन्नि क्लवका अध्यक्ष तथा प्रतिनिधिको रोहवरमा नष्ट गरिएको प्रहरीले बताएको छ ।
चरङे र पाल्पाबाट घरेलु अबैध मदिरा बुटवलमा आउने गरेको प्रहरीले बताएको छ ।
यस अघिका दिनहरुमा पनि देवदहको चरङे र पाल्पाको दोभानलगायत विभिन्न क्षेत्रलबाट लुकाई छिपाई बुटवलमा बिक्री वितरण गर्ने ल्याएको घरेलु मदिरा प्रहरीले बरामद गरी नष्ट पट–पटक नष्ट गर्ने गरेको थियो ।