गठबन्धन १ सय ३० मा अग्रस्थानमा – गृहमन्त्री खांण

भैरहवा, कार्तिक २२ गते । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन १ सय ३० स्थानमा अग्रस्थानमा रहेको बताएका छन् ।
कांगे्रस र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको अवस्थामा पाँच दलीय गठबन्धन १ सय ३० ठाउँमा अग्रस्थानमा रहेको कांगे्रसका नेतासमेत रहेका गृहमन्त्री खांणले बताए ।

एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको गृहमनत्री खांणको दावी छ ।
उनले राप्रपा ५–६ क्षेत्रमा तेस्रो–चौथो स्थानमा रहेको र बाँकी ठाउँमा निकै पछाडि रहेको बताए ।
नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले भने – यो अग्रता मेहनत गर्दै जाँदा अझै बढ्ने र गठबन्धनले अत्याधिक बहुमत ल्याउने छ ।
गृहमन्त्री खाँणले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला रुपन्देहीमा धेरै बिकासका आयोजना अगाडि बढेको बताए ।
भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुुटवल ब्यापारिक मार्ग बिस्तार,जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला सुुरु गरिएको गृहमन्त्री खाँणले बताए ।
पाँच दलीय गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता सन्तोषकुमार पाण्डेयले वन मन्त्री हुँदा नेपालको वन क्षेत्र मास्न र बाणिज्य तथा आपूर्ति मन्त्री हुँदा नेपाल आयल निगमको जमिन खरिद गर्दा अर्बौं रुपैयाँ नदीमा बगाउनेलाई जनताले चिनेका र नचिनेकाले पनि अब पहिचान गरिसकेको बताए ।

कार्यक्रममा संविधान सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य आदित्यनारायण कसौधन, पार्टीकी केन्द्रीय सदस्य, सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख एवं प्रदेशसभा सदस्यकी समानुपातिक उम्मेदवार उमा काफ्लेले रुपन्देहीमा अझै पनि पञ्चायतकालीन अवशेषहरु जुर्मुराउने कोशिष गरिरहेको बताए ।