राष्ट्रिय जनमोर्चा बुटवल नगरसमितिको संगठनात्मक अभियान जारी

बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगर समितिले संगठनात्मक अभियानलाई तिव्रता दिएको छ । संगटन अभियान अन्तरगत सोमवार वार्ड नं ६ को प्रशिक्षणात्मक भेला सम्पन्न गरेको छ ।
भेलालाई सम्वोधन गर्दै राजमोका केन्द्रिय प्रतिनिधि बासुदेव पोखरेलले वर्तमान सरकारका गतिविधि विरुद्ध शसक्त्त आन्दोलन आवश्यक रहेको बताए । उनले प्रतिनिधिसभाको विघटन यो सरकारको पक्षगामी कदम भएकोले सच्चिनुको विकल्प नरहेको बताए ।
भेलामा कम्युनिस्ट संग्राहलय नेपालका अध्यक्ष चेतनाथ आचार्य, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का जिल्ला प्रवक्ता नारायण जिसी, अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल,जातीय समता समाजका केन्द्रीय सल्लाहकार राजेश विक,अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघका केन्द्रीय अध्यक्ष ढुण्डीराज शर्मा, राजमो क्षेत्रीय कार्यलयका कार्यालय सचिव भिमलाल न्यौपानेलगाएतले भेलालाई सम्वोधन गर्दै जनताका जनजीवनका विषयमा राज्यलाई खवरदारी गर्नुपर्नेमा जोड दिए ।
राजमोका सदस्य धन बहादुर जिसीको अध्यक्षता र तुल्सी शर्माको संचालन भेला उद्घाटन सत्र सम्पन्न भएको थियो ।
यसैविच बुटवल उपमहानगरपालिका वडा नम्वर ६ मा वडा समिति चयन भएको छ । स्थानीय नेता मेघ बहादुर जिसीको अध्यतामा वडा समिति गठन भएको हो । जसको उपाध्यक्षमा रेनु सिह
सचिवमा देवा भण्डारी, कोषाध्यक्षमा गनीराम बिसी चयन भएका छन् । त्यस्तै सदस्यहरू उषा जिसी बस्नेत, सर्वजित जिसी, शिरोमणि जोशी,चेतन केसी चयन भएका छन् । भेलाले सल्लाहाकार समेत चयन गरेको छ । सल्लाहकारहरुमा धन बहादुर जिसी र कल्पना सापकोटा रहेका छन् ।
त्यस्तै वार्ड अन्तरगत विभिन्न टोलहरू समेत गठन गरिएका्े छ । वडा नम्वर ६ अन्तरतग टोल रेनु सिहको अध्यक्षतामा श्रृजना आचार्य र बिष्णु क्षेत्री सदस्य रहेको पहिलो र लक्ष्मी गुरूङको अध्यक्षतामा गिता लम्साल,कमला पोख्रेल र जुना जिसी सदस्य रहेको दोस्रो समिति गठन गरिएको कार्यालय सचिव न्यौपानेले जनाकारी दिए ।
टोल ग नाम सहित तेस्रो समिति समेत गठन भएको छ । शिरोमणी जोशीको अध्यक्षतामा वन्दना शर्मा, कमला केसी र मिना गौतम सदस्य रहेको तेस्रो समिति बनाइएको उनले बताए