संविधान र गणतन्त्रको रक्षका लागि मत दिनुस– घनश्याम भुसाल

बुटवल, कार्तिक २३ गते। रुपन्देही क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार घनश्याम भुसालले सवधानको रक्षाका लागि आफुलाई मत दिन मतदातासंग मत मागेका छन् ।
घरदैलो अभियानमा लागेका नेता भुसालले त्रिभुज चुनाव चिन्हमा मत दिन आग्रह गरेका छटन् ।
रुपन्देही १ मा प्रतिनिधिसभा उम्मेदवार भुसालले इमान्दारिताका साथ भ्रष्टाचार, अनियमितताको अन्त्य र विकासका लागि आफुलाई मत दिन आग्रह ।
म मेरो राज्यको ढुकुटी नीजि लाभको लागि निजी फाइदाका लागि कुनै पनि हिसावले दुरुपयोग गर्दिन उनले भने – इमान जनप्रतिनिधीमा चाहिन्छ र त्यो इमान हामीले राख्छौ ।
उनले आफुले आजसम्म राज्यको ढुकुटी, पैसा र सार्वजनिक सम्पत्ति नाजायज तरिकाले नखाएको र अव पनि नखाने कुरामा प्रतिबद्ध रहेको बताए ।
संविधान, कानुन र लोकतन्त्रको रक्षा गर्नु जनप्रतिनिधिकाने काम भएको बताउंदै त्यो काम म र गठबन्धनका उम्मेदवारबाछ मात्र सम्भव रहेको बताए ।
वामापन्थी नेता भुसालले भने – म हिजो पनि संविधानको रक्षाको लागि पनि लडेको र भोलि पनि संविधान र परिवर्तनले संस्थागत गरेको व्यवस्थाको रक्षाको लागि लड्ने प्रतिवद्दता जनाए ।
उनले यस क्षेत्रका पालिका, पार्टी, आमासमुह, क्लबहरू, बुद्दिजिवी, उद्योगपती, व्यवसायी, किसान, मजदुर सबैलाई मिलाएर लिएर जान सकियो भने र यस क्षेत्रमा आउने स्रोतसाधनहरुको राम्ररी प्रयोग गर्न सकियो भने समग्र विकास हुने उनको तर्क छ ।
विकास कार्यलाई बजेटको अभाव हुन नदिने र आवश्यक्ताका आधारमा सबै विकास निर्माणको काम गर्ने प्रतिबद्दता जनाका छन् ।
उनले अधुरा योजनाहरु पुरा गर्ने र नयाँ योजनाहरु विद्यालय, स्वास्थ चौकी, सडक पुर्वाधार, खानेपानी, सिंचाई लगायतलाई प्राथमिकताका आधारमा विकासका लागि बजेटको व्यवस्थापन गर्ने मतदातासंग प्रतिवद्दता जनाएका छन् ।
नेता भुसालले एमालले राजतन्त्रको बाटो अगालेको बताउंदै अब एमालेको आशर भरपर्न नहुने बताउंदै एमाले एण्ड ओली कम्पनीबाट यो व्यवस्था र संसवधान नै खतरामा रहेकाले विधान र गणतनत्र बिरोधीलाई चुनाबबाट हराउनु पर्नेमा जोड दिए ।