देशले गठबन्धनको सरकार खोजेको छ – बामदेव

बुटवल, कार्तिक २४ गते । पांच दलीय गठबनधनका उम्मेदवार बामदेव क्षेत्रीले विकास र संविधानको रक्षाका लागि गठबनधनको सरकार आवश्यक पर्ने बताएका छन् ।
रुपन्देही क्षेत्र नं २ ख बाट प्रदेश सभा तर्फका उम्मेदवार क्षेत्रीले स्थानीय सरकार गठबन्धनको भएकाले प्रदेश र संघीय सरकार पनि गठबन्धनकै बन्नु पर्नेमा जोड दिए ।
उनले मंसिर ४ गतेको चुनावमा जनताले पांचदलीय गठबन्धनलाई बहुमत दिने र अबको सरकार पनि गठबन्धनकै बन्नेमा आशंका गर्न नहुने बताउंदै गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।
बिहीबार आयोजीत महिला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता तथा उम्मेदवार क्षेत्रीले भने –झुम्साको पानी र लालपुर्जालाई राजनीति खेल बनाएर पटक पटक झुटो आश्वासन दिने काम एमाले उम्मेद्वारहरुले गरेका छन् । अब एमालेको झुटको खेतीको अन्त्य हुने छ ।
उनले संविधानको रक्षा र प्रतिगमन परास्तका लागि गठबन्धन बनेकाले आसन्न निर्वाचनमा गठबन्धन भन्दा बाहिरको दलहरुलाई म्याण्डेट दिइएमा उनीहरुले विकास गर्न नसक्ने दावी गरे ।
केन्द्र सरकारको नीति र योजना कार्यान्वयन गर्ने जिम्मा स्थानीय तहको सरकारको रहेकाले स्थानिय र केन्द्रमा फरक फरक दलको सरकार आएमा काम गर्न समस्या हुने उनको तर्क छ ।
नेकपा माओवादीका नेतासमेत रहेका उम्मेदवार क्षेत्रीले यस क्षेत्रमा आफुहरुलाई जनताले जिताउनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय समानुपातिक उम्मेद्वार झमबहादुर गुरुङले गठबन्धन देशको आवश्यक्ता रहेको बताउदै जीत सुनिस्चित भएको दावी गरेका छन् ।
उनले एमालेतर्फ लक्षित गर्दै भने – अहिलेको चुनावमा भोट एमालेलाई माग्ने कुनै नैतिक आधार छैन । जनताको मतादेश पाउँदा लत्याउने र फेरी मतादेश देउ भन्नु लज्जास्पद र  पश्चगमन मानसिकताको उपज रहेको उनको तर्क छ ।
कार्यक्रममा नेताहरु चीन बहादुर गुरुङ, झपटबहादुर गुरुङ, राम बहादुर गुरुङ, टेक बहादुर गुरुङ लागयतले बोल्दै लोकतान्त्रिक गठबन्धनका उममेदवारहरुलाइृ जिताउने गरी मत दिन मतदातासंग आग्रह गरेका छन् ।
तमु ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देही अध्यक्ष बीमला गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।