विकासका अधुरा काम एमालले पुरा गर्छ – विष्णु पौडेल

बुटवल, कार्तिक २४ गते ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तिनाउ दानव कोरिडोरमा पर्ने घरहरुलाई अनेत्र स्थापित गरेर मात्र योजनाको काम क्रमस अघि बढाउनु पर्ने बताएका छन् ।
कोरिडोरमा पर्ने घरहरुलाई बुटवल भित्रै व्यवस्थापन गर्ने आफ्नो पहिलेदेखिकै योजना रहेको बताउंदै नेता पौडेलले कोरिडोर यस क्षेत्रको विकासका लागि भएको बताए ।
रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व अर्थमन्त्री पौडेलले बुटवल ११ को घरदैलो कार्यक्रममा बोल्दै जनताको चाहाना अनुसार नै काम हुने प्रतिवद्वता जनाएका छन् ।
कोरिडोरमा अहिले ४ वटा ठेक्का लगाएर काम भइरहेको वस्ती भएको स्थानको काम भने वस्तीलाई स्थान्तरण गरेपछि हुने उनले बताए ।
तिनाउ र दानव नदिमा पहिलो चरणमा दुई÷दुई वटा ठेक्का २ अर्ब ११ करोडको लागेको छ । अहिले साईड किलिएर भएका स्थानमा मात्र काम भइरहेको पौडेलले बताए ।
बिकासको नाममा कसैलाई पनि घरबार विहिन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै उनले भने – बुटवलमा सुरु गरिएका विभिन्न बिकास योजनाहरुमा राजनीतिक स्वार्थ राखेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसंग सचेत रहनु पर्छ ।
जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउंदै मुलुकलाई समृद्धितर्फ लैजानका लागि बिकास योजनाबारे छलफल गर्न आवश्यक रहेको बताए । आफूलाई चुनावमा हुने जित हारभन्दा बढी बिकास योजनाबारे चिन्ता रहेको उनले बताए ।
आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले सूर्यमा मतदान गरी अधुरा बिकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई दिने दावी छ विष्णु पौडेलको ।
मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले भने वर्तमान गठबन्धन दलले देशलाई ढंगले अगाडी बढाउन सक्दैन ।