प्यूठानमा गठबन्धनका उम्मेदवारलाई गाउंगाउंमा स्वागत, चुनाव जित्न सहज

प्यूठान, कार्तिक २५ गते । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्यूठानमा गठबन्धनका उम्मेदवारहरुलाई सहज रुपमा चुनाव जित्न सहज हुंदै गएको छ । प्रतिगमनका बिरुद्व बनेको पांच दलीय गठबन्धनका उम्मेदवारको पक्षमा गाउं गाउंका जनताले भोट दिने प्रतिवद्वता जनाएका छन् ।
संविधान र गणतन्त्र रक्षाका लागि गठबन्धन भएको र यो गठवन्धन निर्वाचन पश्चात प्रतिगामी शक्ति पराष्त नहुनजेल स्थायी रुपमा रही रहने गठवन्धनमा आवद्ध दलका शिर्ष नेताहरुको तर्क छ। उसो त पाँच दलीय गठवन्धनका साझा उम्मेदवारहरुलाई नै मतदान गरी विजयी गराउन नेताहरुले मतदातासँग आग्रह गरेका छन् ।
मंसिर ४ गतेको निर्वाचन गणतन्त्रबादी शक्ति र प्रतिगामी शक्तिबीचको लडाई भएकाले प्रतिगमनलाई पराष्त गर्न गणतन्त्रबादी शक्ति एक ठाउं भएका प्यूठानका जनताले प्रतिगमनका बिरुद्व भोट दिनेसमेत प्रतिवद्वता जनाएका छन् ।
  प्यूठानका स्थानीय तहमा गठबन्धनका दलहरुको पकड र जनमत पनि गठबन्धनको पक्षमा बढी भएकाले चुनाव जित्न गठबन्धनलाई सहज बनेको हो ।
एमाले अध्यक्ष केपी ओलीले २०७२ को संविधान बिपरित दुई–दुई पटक संविधान विघटन गरेर संविधान बिरोधी काम गरेपछि बनेको पांच दलीय गठबनधन देशभर बलियो बन्दै गएको अवस्थामा प्यूठानमा गठबनधन झन बलियो र शक्तिशाली बन्दै गएकाले अब चुनाव जित्नमा कुनै समस्या नभएको नेकपा माओवादी केन्द्रका स्थानीय नेता भरत केसीले बताए ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको प्यूठानमा प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको तर्फबाट साझा उम्मेदवार दुर्गा पौडेल, प्रदेश सभा १ क मा नेकपा माओवादी केन्द्रका कृष्ण अधिकारी र प्रदेश २ ख मा कांगे्रसका रोज राणाले पांच दलीय गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् ।
केही दिन यतादेखि घर दैलो, भेटघाट, तथा चनावी भला र छलफललाई तीव्रता दिएको छ प्यूठानमा गठबन्धनले ।
पांच दलीय गठबन्धनका उम्मेदवारसहित दलका नेता तथा कार्यकर्ता गाउंगाउंमा जांदा जनताको ठूलो हिस्सा गठबन्धनको समर्थनमा लागेकाले चुनाव जित्ने निश्चित भएको गठबन्धन दलका नेताहरुले बताएका छन् ।