राष्ट्रिय जनमोर्चा घरदैलो र भेटघाटमा कार्यक्रममा केन्द्रित

बुटवल,कार्तिक २६ गते। राष्ट्रिय जनमोर्चाले समानुपातिक तर्फका उम्मेदवारको प्रचारका लागि अभियान सञ्चालन गरेको छ ।बुटवलबाट यही कार्तिक १६ गतेदेखि शुरु भएको प्रचार अभियानलाई देशभर केन्द्रित गरिएको छ ।
समानुपातिक तर्फ राष्ट्रिय जनमोर्चाका उम्मेदवारका लागि मत माग्न र प्रतिनिधिसभा र प्रदेश सभाका लागि गठबन्दधनका साझा उम्मेदवारहरुलाई मत माग्ने गरी प्रचारत्मक अभियान सञ्चालन गरिएकोराष्ट्रिय जनमोर्चाले बताएको छ ।
लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रचारत्मक अभियान अन्तर्गत कार्यक्रमहरु गरिएको र कार्यक्रमहरु निरनतर चलिरहेको राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी गराएका छन् ।
प्रचारत्मक अभियान अन्तर्गत जिल्ला जिल्लामा घरदैलो, छलफल, भेला तथा चुनावी सभा र पत्रकार सम्मेलन गरिएको कार्यकारी अध्यक्ष नेपालीले बताए ।
लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरुमा भएका कार्यक्रममा कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष जनकराज शर्मा, केन्द्रिय सदस्य रामकुमार क्षेत्री, तारा थापा र अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी लगायतका नेताहरुले बोलनुभएको थियो ।      तात्कालिक राजनीतिक आवश्यकता अनुसार पांच दलीय गठबन्धन बनेको बताउंदै प्रतिगमनका बिरुद्व गठबन्धनका उम्मेदवारहरुलाई मत दिन राष्ट्रिय जनमोर्चाका नेताहरुले मतादातासंग आग्रह गरेका छन् ।
प्रत्यक्षतर्फ गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न र समानुपातिकतर्फ राष्ट्रिय जनमोर्चालाई भोट दिन राष्ट्रिय जनमोर्चाका नेताहरुले आग्रह गर्दै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
प्रचारत्मक कार्यक्रम लुम्बिनी प्रदेशका सबै जसो जिल्लामा अहिले घरदैलो तथा घेटघाट र मतदातालाई मतदानबारे प्रशिक्षण तथा सिकाउने काम भैरहेको राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमले जानकारी गराएका छन् ।