विष्णु पौडेलको अभिव्यक्ति राजनीतिक बैमानी – जनमुक्ति

बुटवल, कार्तिक २६ गते । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव बहादुर थापाले पुनः लुम्बिनी प्रदेशको राजधानी बुटवल ल्याउंछौ भन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलको अभिव्यक्ति राजनीतिक बैमानी भएको बताए । उनले एमालेका विष्णु पौडेलको अभिव्यक्तिप्रति आपत्ती जनाउंदै भने विष्णु पौडेलले अर्थमनत्रीसंग लुम्बनीको प्रदेश राजधानी साटेको आरोप लगाए ।
शनिबार घरदैलो कार्यक्रमपछि रुपन्देहीको तिलोत्तमामा आयोजित कोणसभामा बोल्दै थापाले हरेक हिसाबले रुपन्देही राजधानीको लागि उपयुक्त रहेपनि एमाले नेताका ब्यक्तिगत स्वार्थका कारण राप्तीको किनारमा राजधानी सारिएको दावी गरे ।
समग्र रुपन्देही लुम्बिनी प्रदेशको राजधानीको लागि उपयुक्त जिल्ला भएको बताउंदै रुपन्देहीमा भौतिक संरचनासमेत तयार भएको अवस्थामा एमालेका नेताहरुको ब्यmिगत स्वार्थका कारण पूर्वाधार नै नभएको दाङमा राजधानी लगिउको आरोप लगाए ।
रुपन्देही क्षेत्र नं. २ का लोकतान्त्रीक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका थापाले एमाले सरकारले लुम्बिनी प्रदेशलाई २ वर्षसम्म यता न उता बनाएर लुम्बिनी प्रदेशकोे राजधानीलाई अलपत्र पारेको बतानए ।
यस्तै रुपन्देही क्षेत्र नंं. २(१) को प्रदेश सभा सदस्य पदका उम्मेदवार दीर्घबहादुर केसीले बुटवलबाट राजधानी सार्नलाई जनताले जवाफ दिने दिन मंसिर ४ नजिकिंदै आएको बताए ।
रुपन्देहीको समग्र विकासका लागि गठबनधन दलका उम्मेदवारहरुलाई मत दिएर जिताउन आग्रह ग।ेका छन् ।