विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छु – विष्णु पौडेल

बुटवल, कार्तिक २६ गते । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा विगतको भन्दा ठूलो मतान्तरले विजयी हुने दाबी गरेका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार नेता पौडेलले रुपन्देहीमा एमालेलाई कसैसंग प्रतिष्पर्दा नहुने बताएका छन् ।
शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा बोल्दै यो निर्वाचनमा मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको दावी गरे ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले जनताको समर्थन, सद्भावलाई सधै सम्मान गर्ने बताउएदै उनले भने –विगतका निर्वाचनमा भन्दा आगमी मंसिर ४ गते हुने निर्वाचनमा फराकिलो मतान्तरले प्रतिनिधि सभा र प्रदेश सभामा सानदार ढंगले जित्छौ ।
उहांले मंसिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मुलकको समग्र विकास र आर्थिक समस्याको पार लगाउने उनको दावी छ ।
रुपन्देही–२ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका पौडेलसंग पांच दलीय गठबन्धनको समर्थनमा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा प्रतिनिधिसभामा उम्मेदवार छन् ।