प्यूठानमा गठबन्धनको जीत  सुनिश्चित  – दुर्गा पौडेल

प्यूठान, कार्तिक २७ गते ।राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्युठानबाट प्रतिनिधि सभा उम्मेदवार दुर्गा पौडेलले प्युठानमा गठबन्धनको जीत सुनिश्चित हुने बताएकी छन् ।
गठबन्धनप्रति देखिएको जनताको उत्साह र गठबन्धन दलहरुको संगठनका आधारमा प्यूठानमा हामीले जित्ने सुनिश्चित नै रहेको बताइन ।
नयां दिशा अनलाइनसंग कुरा गर्दै उनले भनिन् – प्रतिगमनलाई परास्त गर्न प्यूठानमा मात्र होइन देशभर गठबनधनका उम्मेदवारले जित्ने माहोल बनिसकेको छ ।
‘जनतामा गठबन्धनप्रति व्यापक उत्साह छ ।

  हामी घरदैलोमा जहाँ–जहाँ पुगेका छौँ, त्यहां त्यहां मतदाताले गठबन्धनका उम्मेदवारप्रति देखाएको अपार समर्थनले हाम्रो जीत सुनिश्चित देखिएकाले आमीले धैर्यताका साथ जनताको बीचमा गएर मंसिर ४ गते विजयलाई औपचारिकता दिने नेतृ पौडेलले बताइन ।
घरदैलोका क्रममा कतिपय स्थानमा पुग्दा लामो समयदेखि एमालेको मतदाता रहेका कतिपय व्यक्तिहरुले विगतमा एमालेलाई दिएको मत खेर गएको भन्दै अब पुनः एमालेलाई भोट नहाल्ने मतदाताले गठबन्धनका नेता र उम्मेदवारसंग बताएको उनले बताइन ।
एमालेले दुई तिहाइको सरकार जोगाउन नसकेको, राजावादी र विदेशी शक्तिलाई बोकेर जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्टाउन खोजेको, विगतमा दुई पटकसम्म संसद विघटन गरेको एमालेलाई प्यठानी जनताले हराउने उनले बताईन ।

भारतको आडमा राजावादी शक्तिसंग साठगांठ गरेको गैरराजनीतिक चरित्र बोकेको एमालेलाई जनातले भोट नदिने र जनतासंग भोट माग्नै नैतिक अधिकार पनि एमालेसंग नभएको बताइन ।
प्युठानमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा पौडेलसँगै प्रदेश सभातर्फ माओवादी केन्द्रका कृष्ण अधिकारी र नेपाली कांग्रेसका रोज राणा उम्मेदवार छन् ।
प्युठानका सबै वडाहरुमा संयुक्त घरदैलो कार्यक्रम चलिरहेको छ ।

गठबन्धन दलहरु एकतावद्ध बनेर वडा–टोल तहसम्म प्रचारप्रसारमा लागेको सहभागी कार्यकर्ताहरुले बताएका छन् । गठबन्धनका उम्मेदवारसहितको टोलीले प्यूठानका सबै स्थानीय तहका वडा वडामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पूर्व सांसद पौडेलले प्युठानमा गरेका विकास निर्माणका काम, संसदमा राष्ट्रियता र जनतन्त्रप्रति खेलेको भूमिका, भ्रष्टाचारविरोधी छवी र जनतासँग सहजरुपमा घुलमिल हुनसक्ने क्षमताका कारण प्यूठानका मतदाताले दुर्गा पौडेललाई रोजेको गठबन्धन दलका नेताहरुले प्रतिक्रिया दिएका छन् ।