रक्तिम कलाकार स्व. लक्ष्मी गुरुङको स्मृतिमा श्रदाञ्जली गीत

बुटवल, कार्तिक २६ गते । जनवादी गायीका तथा रक्तिम सांस्कृतिक अभियानकी कलाकार स्व. लक्ष्मी गुरुङको स्मृतिमा रक्तिम सांस्कृति अभियानले श्रदाञ्जली गीत निकालेको छ ।
रक्तिम अभियानका कलाकारहरुले कलाकार लक्ष्मी गुरुङको प्रथम स्मृति दिवसमा श्रद्धाञ्जली गीत निकालेका हुन् ।
बुटवल निवासी जनवादी गायिका तथा रक्तिमक अभियानकी बरिष्ठ कलाकार लक्षी गुरुङको २०७८ कार्तिक २५ गते भैरहवामा निधन भएको थियो ।
स्व. गुरुङको प्रथम स्मृति दिवसमा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले भर्चुअल कार्यक्रमको आयोजना गरी श्रदाञ्जली गीत सार्वजनिक गरिएको रक्तिका उपाध्यक्ष हेमराज आश्रमले जानकारी गराए ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा देश विदेशमा रहेका रक्तिम अभियानका कलाकार र लेखक, साहित्यकार, बुद्विजीवि, प्राध्यापक, कानुन व्यवसायी, विद्यार्थी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले श्रदाञ्जली गीत विमोचन गर्दै समाज परिवर्तनका लागि सांस्कृतिक क्रान्ति आवश्यक पर्ने बताए ।
महामन्त्री सिंहले कलाकार स्व. लक्ष्मी गुरुङले सांस्कृतिक आन्दोलनमा पुराएको योगदान उच्च रहेको बताउंदै राजनीतिक क्रान्तिले मात्र आमजनताको मुक्ति सम्भव नहुने भएकाले सांस्कृतिक क्रान्ति आवश्यक पर्ने बताए ।
समाजमा सांस्कृतिक जागरण ल्याउन कलाकारहरुको भुमिक अहम हुने बताउंदै महामन्त्री सिंहले भने– कलाकार स्व. लक्ष्मी गुरुङ सपना पुरा गर्न सांस्कृतिक क्रान्तिको बाटोलाई आत्मसाथ गरेर अघि बढुनुको विकल्प छैन ।
शारीरिक रुपमा असक्त गुरुङ सुरिलो स्वर र उच्च राजनीतिक चेतनाका कारण रक्तिम सांस्कृतिक अभियानमा सक्रिय स्व. लक्ष्मी गुरुङ नेपालको जनवादी गीत संगीतको क्षेत्रमा सर्मपित थिइन ।
स्व. लक्ष्मी गुरुङ शारीरिक रुपमा असक्त भएपनि दर्जन बढी चेतनामूलक जनावदी गीत गाउनु भएको छ ।
रक्तिमका उपाध्यक्ष हेमराज आश्रमको शब्द, स्वर तथा संगीतबद्ध ‘हाम्रा प्रिय कमरेडलाई’ गीतमार्फत रक्तिमले आफ्ना अभिभावक वरिष्ठ गायिकालाई स्मरण गर्दै श्रदाञ्जली गीत निर्माण गरेको छ ।
गीतमा गायक आश्रमलाई गायिका रिता पुनले साथ दिनुभएको छ ।
स्व. लक्ष्मी गुरुङको आएन प्रदेशी, लेकलेक फुलफुल्दै लगायत दर्जनौ गीतमा स्वर दिएकी छन् ।