राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीद्दारा गिलास चिन्हमा मतदान गर्न आह्वान

बुटवल, कार्तिक २८ गते ।  राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवारहरुलाई मत दिन आग्रह गरेका छन् ।
राजमो समानुपातिक उम्मेदवार केन्द्रिय प्रचार– प्रसार टोलीले प नवलपरासीमा आयाजना गरेको चुनावी कार्यक्रममा बोल्दै राष्ट्रियताको पक्षमा र संघीयताको बिरुद्व समानुपातिक उम्मेदवारको चुनाव चिन्ह गिलासमा मत दिन मतदातालाई अपील गरेका छन् ।
समानुतिकमा राष्ट्रिय जनमोर्चालाई र प्रतिनिधि सभा र प्रदेशा तर्फ गठबन्धनका उम्मेदवारहरुलाई मत दिन नेता नेपालीले देशभरका मतदातालाई आग्रह गरेका छन् ।
कार्यकारी अध्यक्ष नेपालीले नेपालमा राजनीतिक पार्टीमध्ये राष्ट्रिय जनमोर्चा राष्ट्रियता, लोकतन्त्र, धर्म निरपेक्षताको पक्षमा संघीयता र एमसीसीबिरुद्व सम्झौताहीन संघर्ष गर्दै आएको पार्टी हो भने ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष जनकराज शर्माले वाम–लोकतान्त्रिक गठबन्धन जनताप्रति उत्तरदायी भएको बताउंदै हामीले गठबन्धन नबनाएको भए संविधान धरापमा पर्ने थियो भने ।
पांचदलीय गठबन्धनकै कारण निष्क्रिय हुन थालेको संविधान पुनः सक्रिय भएको बताउँदै उहाँले यसको रक्षाका लागि गठबन्धन बनेको उनले बताए ।
कार्यक्रमलाई रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही,प्रतिनिधि सभातर्फ राजमोका उम्मेदवार विकाराम चौधरी, अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मी, वामपन्थी नेता भागिरथ शर्मालगायतका नेताहरुले बोल्दै राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्न आग्रह गरे ।