प्रतिगमनलाई परास्त गर्न गठबन्धनलाई मत दिनुस – प्रचण्ड

बुटवल, कार्तिक २९ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई स्थायित्व दिन गठबन्धन गरिएको बताएका छन् ।
यो चुनाव चानचुने नभई महाभारत भएकाले परिवर्तन विरोधीहरुलाई हराउने दावी गरे ।
मंगलबार लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभामा बोल्दै संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न गठबन्धनका उममेदवारले जित्नु पर्नेमा जोड दिए ।
  उनले सुशासन र विकासबाट मात्र परिवर्तन सम्भव भएकाले संविधानको रक्षा र राजनीति स्थिरिता पांच दलीय गठबन्धनले मात्र कायम गर्न सक्ने बताए ।
संविधान नचाहाने, परिवर्तन स्वीकार्न नसकेको एमाले राप्रपाले जिते देशमा प्रतिगमन खतरा रहेको बताउंदै प्रतिगामी शक्तिलाई परास्त गर्नका लागि पांचदलीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी मतदान गर्नुस भन्दै आममतदालाई प्रचण्डले आग्रह गरेका छन् ।