गठबन्धनलाई जिताउन जरुरी छ – प्रधानमन्त्री देउवा

बुटवल, कार्तिक २९ गते । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन टुटाउन षडेयन्त्रकारी तत्व लागि परेको बताएका छन् ।
गठबन्धन टुटाउन खोज्ने तत्वको षडेयन्त्र असफल हुने बताउंदै प्रधानमनत्री देउवाले भने – आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको छ । त्यस्तो खराव तत्वका चिन्ता गर्न आवश्यक छैन ।
उनले समावेशी संविधान बचाउन गठबन्धन भएको बताउंदै देउवाले पांच दलीय गठबन्धन बनेको र चुनावपछि पनि कायम रहनेमा शंका नगर्न आग्रह गरे ।
लोकतान्त्रिक बाम गठबन्धनले मंगलबार नवलपरासीको बर्दघाटस्थित चौपातामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा जस्तो समावेशी र आरक्षणसहितको संविधान अन्य कुनै देशमा नभएको दाबी गरे ।
गठबन्धनले चुनाव जितेपछि बिना कारण संसद भंग नगर्ने बताउंदै उनले ओलीले रिसको झोकमा विना कारण संसद भंग गरेको आरोप लगाए ।
हुंदै नभएको अधिकार प्रयोग गरेर ओलीले जस्तो गरी हामीले संसद भंग नगर्ने र ५ वर्ष संसद चलाउने र त्यसका लागि गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए ।
देशलाई अगाडी बढाउ गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि मदि दिन सबैलाई आग्रह गरेका छन् प्रधानमन्त्री शेरबहादुर देउवाले ।