गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी, रामकुमारीको बधाई ।

बुटवल, मंसिर ७ गते । गुल्मी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । एमालेका गोकर्ण विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो । उहांको प्रतिद्वन्द्वी गठबन्धनकी उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गर्नुभएको छ । रामकुमारी झाक्रीलाई २ हजार ३४ मतले पछिपार्दै गोकर्ण विष्टले विजयी हुनुभएको हो ।
आफ्नो हार स्वीकार्दै नेकपा एकीकृत समाजवादी नेतृ रामकुमार झाक्रीले प्रतिनिधि सभा निर्वाचनमा विजय भएका गोकर्ण विष्टलाई बधाई दिएकी छन् । झाक्रीले मंसिर ४ को निर्वाचन आफ्नो लागि रोमाञ्चक रहेको सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
उनले निर्वाचनबाट जित–हार स्वभाविक भएपनि धेरै कुरा सिक्ने अवसर मिलेको उल्लेख गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन् – निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो । ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साडे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरीएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ। जय र पराजय सामान्य प्रक्रिया भएको भन्दै निर्वाचनलाई अत्यन्तै सहज रूपमा लिएको प्रतिकृया दिएकी छन् ।
निर्वाचन कार्यालयले भने अझै पुष्टी गरेको छैन । प्रकृया पुराएर पुष्टी गर्नुपर्ने हुंदा केही ढिलाई भएको बताईएको छ । एमालेका नेता तथा कार्यकता तथा गोकर्ण विष्टका शुभचिन्तकहरुले विष्टको विजयी भैसहेको नयांदिशालाई मत संख्यासहित बताएका छन् ।