प्यूठानमा सूर्य थापा, तुल्सीराम र रोज विजयी

बुटवल, मंसिर ८ गते । प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापा विजयी भएका छन् । । एमालेका पोलिटव्यूरो सदस्य थापाले ४१ हजार १ सय १८ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार ८ सय ४४ मत प्राप्त गरी पराजीत भइन ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेश सभातर्फ १ क मा एमालेका तुल्सीराम शर्मा विजयी भएका छन् । त्यस्तै प्रदेश सभा २ ख बाट गठबन्धनका उम्मेदवार कांगे्रसका रोज राणा विजयी भएका छन् ।