रुपन्देही ५ बाट एमालेका बासुदेव घिमिरे विजयी

बुटवल, मंसिर ८ गते । प्रतिनिधि सभा ५ रुपन्देहीबाट एमालेका बासुदेव घिमिरे विजयी भएका छन् ।
घिमिरेले गठबन्धन तर्फका कांगे्रस नेता भ्तकुमार शाहलाई पराजीत गरी विजयी भएका हुन् ।
विजेता घिमिरेले उपविजेता भरतकुमार शाहले भन्दा ९ हजार ७ सय २ मत बढी ल्यारु जितेका हुन् ।
एमालेका घिमिरेले ३६ हजार ८ सय २२ मत ल्याउँदा काँग्रेसका शाहले २७ हजार १ सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
घिमिरे एमालेका स्थानीय नेता हुन् भने उनी तिलोत्तमा नगरपालिकाको पूर्व नगर प्रमुख हुन् । रुपन्देही ५ नम्बर क्षेत्रमा पटक–पटक निर्वाचित हुँदै आएका पूर्वमन्त्रीसमेत रहेका शाहलाई एमालेका बासुदेव घिमिरेले सजिलैसंग पराजीत गरेका छन् ।
पराजीत भएसंगै शाहको संसदीय यात्रामा ब्रेक लागेको छ, भने विजेता घिमिरेको पहिलोपटक संसदीय यात्रा शुरु भएको छ ।
२०२४ मा गुल्मीको बडागाउँमा जन्मिएका घिमिरे बसाई सराई गरी केही वर्षदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ मा बस्दै आएका छन् ।
घिमिरे तिलोत्तमा ४ का स्थायी बासीन्दा हुन् ।
रुपन्देही ५(१) को प्रदेशसभा सदस्यमा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् । ५(२)मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी भएका छन् ।