एमाले उपाध्यक्ष विष्णु पौडेलको संसदीय यात्रा पाचौं पटक

बुटवल, मंसिर १० गते । रुपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष बिष्णु पौडेल निर्वाचित भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउंदै एमाले उपाध्यक्ष पौडेल निर्वाचित भएका हुन् ।
निर्वाचित पौडेलले २७ हजार १ सय ४७ मत प्राप्त गरेका छन्, भने एमाले उपाध्यक्ष विष्णु पौडेलका निकटतम प्रतिद्वन्द्वी गणेश पौडेलले २५ हजार ७ सय ८१ मत प्राप्त गरी उप विजेता बनेका छन् ।
विष्णु पौडेलले स्वतन्त्र पार्टीका गणेश पौडेलले भन्दा १३ सय ६६ मत बढी प्राप्त गरी निर्वाचित भएका हुन् ।
गठबन्धनका उम्मेदवार केशवबहादुर थापाले २२ हजार ८ मत प्राप्त गरेको निर्वाचन कार्यालयले बताएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल १ लाख २६ हजार ८ सय ७ मतदाता रहेको क्षेत्र नं. २ मा ८१ हजार २ सय २ मत खसेको थियो । पूर्व उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलको संसदीय यात्रा यो पाचौं पटक हो । २०५१ सालमा पहिलोपटक पाल्पाबाट निर्वाचित भएका पौडेल २०६४, २०७० र २०७४ सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
२०५६ सालको आम निर्वाचनमा भने एमाले उपाध्यक्ष विष्णु पौडेललाई तत्कालिन कांगे्रसका नेता स्व. शूर्यप्रसाद प्रधानले पराजीत गरेका थिए ।