प्रदेशमा पराजीत माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले दिए पदबाट राजीनामा

बुटवल, मंसिर १० गते । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् ।
निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै प्रदेश अध्यक्षको पदबाट राजीनामा दिएको सुदर्शन बरालले विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।
पार्टीको पराजयमा तीन कारण रहेको सुदर्शन बरालले जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।

आइतबार प्रेस वक्तव्य जारी गरी बरालले प्रदेश सभा हार्नुको कारण समानुपातिक तर्फको उम्मेदवार सूची तयार गर्दा स्थानीय पार्टी कमिटिको भावना र मर्मलाई न्याय गर्न नसक्नु ।    प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फका सीट वांडफाडमा कतिपय स्थानमा स्थानीय पार्टीको सिफारिस वमोजिम उम्मेदवारलाई टिकट वितरणमा न्याय गर्न नसकिदा र उम्मेद्वार मनोनयन दर्ता भैसकेपछि विभिन्न जिल्लामा देखा रेका समस्या तथा अन्तरविरोधलाई सम्वोधन गर्न नसकिदा पार्टीले चुनावमा पराजय भोग्नु परेको कारण बरालले विज्ञप्तीमा भनेका छन् ।
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका बराल गुल्मीको निर्वाचन क्षेत्र १(क) बाट प्रदेशसभा सदस्यमा पराजीत भएका छन् ।
प्रतिनिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ को निर्वाचनमा मतदान गर्ने प्रदेशवासी मतदातालाई बरालले धन्यवाद ज्ञापन गरेका छन् ।
प्रदेशमा गठवन्धनको तर्फबाट विविध कमि कमजोरीका वावजुद सामान्यतःसफलता प्राप्त गरेको उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।