नेकपा महासचिव बिप्लव मातृशोकमा

बुटवल, मंसिर १८ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव मिातृशोकमा परेका छन् ।
नेत्रविक्रम चन्द विप्लवकी आमा ९६ वषिस्य आशीकादेवी चन्दको यही मंसिर १७ गते शनिबार निधन भएको छ ।
कपिलबस्तुको शिबगडी बिप्लव निवासमा बस्दै आएकी आशीकादेवी चन्दको सिनधन भएको हो ।
रोल्पामा जन्मिएकी आशीका चन्द विगत केही वर्षदेखि कपिलबस्तुको शिबगढिमा बस्दै आएकी थिइन् ।
आशस्का चन्दका तीनभाई छोरामध्ये जेठा छोरा चन्द्रबहादुर चन्द बिरजंग गत बर्ष प्रहरी हिरासतमै रहंदा बिरामी भएपछि उपचारको क्रममा निधन भएको थियो ।
माईला छोरा जयन्द्र चन्द गणतान्त्रिक खेलंकुद महासंघका अध्यक्ष हुन्। त्यस्तै कान्छा छोरा नेपाल कम्युनिष्ट पार्टीका महासचिव हुन् ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई नजिकबाट हुर्काएकी आमा चन्दको दुखद निधनप्रती नेकपा केन्द्रीय समिती र जिल्ला तथा जनबर्गीय संगठनहरुले शोक बक्तब्य गरेका छन् ।
यस्तै यसैबिच नेकपा रुपन्देहीका इन्चार्ज कृति एवं सेक्रटेरी बिश्वासले आइतबार विज्ञप्ती निकाली श्रद्धान्जली ब्यक्त गरेका छन् ।
विज्ञप्तीको पूर्णपाठ
“हाम्रो जनप्रिय तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लव सी को ९६ वर्षिय आमा आशिका चन्दको मिति २०७९ मंसिर १७ तेबिहान करिव ९ बजे हुन गएको दुःखद निधनले हामीलाई स्तब्ध बनाएको छ । यस दुःखद घडिमा आमा प्रति नेपाल कम्युनिस्ट पार्टी, रुपन्देही भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ एवम् अभिभावक गुमाउदाको सर्वाधिक पिडापुर्ण यो क्षणमा पार्टी महासचिव कमरेड विप्लव, उहांको परिवार र आफन्तजनहरुमा पार्टी हार्दिक समवेदना व्यक्त गर्दछ ।
आमा आशिकादेवी चन्दले नेपालको कम्युनिष्ट आन्दोलन, नेपाल कम्युनिस्ट पार्टी र एकीकृत जनक्रान्तिमा पुर्याएको योगदान प्रति उच्च सम्मान व्यक्त गर्दछौ । साथै दिवङ्गत आमाको क्रान्ति र परिवर्तन प्रतिको सपना पूरा गरि छाड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।“