मुलुकमा संघीयातको औचित्य छैन – विप्लव

कपिलवस्तु, मंसिर २३ गते । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा संघीयातको औचित्य नभएको बताएका छन् ।
रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै व्यवस्थापन संघीयता भन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको बताए ।
प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको दावी गर्दै उनले भने – आर्थिक संकटताले मुलुकको अवस्था निकै कमजोर भएकाले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप संकटमा पर्ने छ ।
हामिले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति हो उनले भने ।
मंसिर ४ को निर्वाचनले जनतामा खुसी नछाएको बताउंदै थप संकटतातर्फ धकेलेको बताए ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुंदा भएको ३ बुंदे सहमति कार्यान्वयन नभएको उल्लेख गर्दै उले भने – वर्तमान सरकारसंग सहमति कार्यान्वयनका लागि विभिन्न कोणबाट छलफल भईरहेको छ ।
पछिल्लो समय नेपालमा कम्युनिष्ट पार्टीहरु एक हुनुपर्नेमा जोड दिदै नेपाललाई सिध्याउन चाहाने विदेशी शक्तिहरुको निन्द्रा हराम भएको बताए ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।