राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीको साधारण सभा र अधिवेशन हुंदै

श्याम पोखरेल
बुटवल, मंसिर २८ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको साधारण सभा तथा अधिवेशन हुंदै छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीको यही मंसिर २९ गते विहीबार बुटवलमा १४ औं साधारण सभा तथा ८ औं अधिवेशन हुंदै छ ।
मंसिर २९ गते दिउंसो १२ वजे बुटवलको मेरिगोल्ड होटलमा साधारण सभा तथा अधिवेशनको आयोजना गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष दीपक कार्कीले जानकारी गराएका छन् ।
साधारण सभा तथा अधिवेशन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश विजीको प्रमुख आतिथ्यामा हुने छ ।
साधारण सभा तथा अधिवेशन सम्पन्न गर्नका लागि प्रतिष्ठानका अध्यक्ष दीपक कार्की रहेको मुल आयोजा समिति गठन गरिएको छ, भने विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
खिमबहादुर हमाल संयोजक रहेको स्रष्टा सम्मान उपसमिति समिति, प्रथम उपाध्यक्ष विजय सापकोटा संयोजक रहेको आर्थिक उपसमिति, महिला उपाध्यक्ष रितु थापा संयोजक रहेको स्वागत तथा सम्मान उपसमिति, कार्यसमिति सहसचिव विधान कार्की संयोजक रहेको प्रचार–प्रसार तथा निमन्त्रणा उपसमिति गठन गरिएको छ ।
त्यस्तै कार्यसमिति सदस्य अनिल पहाडी संयोजक रहेको सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
कार्यसमिति सदस्य भुवन वराल संयोजक रहेको साउण्ड सिस्टम तथा बाद्यवादक उपसमिति र कार्यसमिति सदस्य श्रीकृष्ण अर्याल संयोजक रहेको खाना तथा आवास उपसमिति गठन गरिएको छ ।
त्यस्तै कार्यसमिति सदस्य रामप्रसाद पाण्डे संयोजक रहेको मञ्च व्यवस्थापन उपसमिति, कार्यसमिति सदस्य राजेन्द्र पोखरेल संयोजक रहेको यातायात उपसमिति र कार्यसमिति सदस्य बसन्त लम्साल संयोजक रहेको जलपान उपसमिति गठन गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीमा एक जना मानार्थ सदस्य छन् । त्यस्तै प्रतिष्ठान रुपन्देहीमा ३ सय ७१ जना साधारण सदस्य र २ सय ६१ जना आजीवन सदस्य आवद्द छन् ।
हाम्रो चाहाना लोक संस्कृतिको जगेर्ना भन्ने मुल नाराका साथ हुने साधारण तथा अधिवेशनबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, रुपन्देहीमा नयां नेतृत्व आउने छ ।
लोक संस्कृतिको संरक्षण तथा जगर्नेनाका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको स्थापना भएको हो ।