वरिष्ठ न्यूरो सर्जन डाक्टर सुदिपराज सिंहको निधन

बुटवल, मंसिर २८ गते । बुटवलको लम्बिनी सिटी अस्पतालमा कार्यरत वरिष्ठ न्यूरो सर्जन डाक्टर सुदिपराज सिंहको ह्रदय घातका कारण निधन भएको छ ।
बिराटनगर निवासी ४० वर्षिय डाक्टर सुदिपराज सिंहको मंगलबार राती निधन भएको हो । उपचारको क्रममा मंगलबार राती आफैले काम गर्ने लुम्बिनी सिटी अस्पतालमा निधन भएको हो ।
ह््रदय घातका कारण अल्पायुमै निधन भएका डाक्टर सुदिपराज सिंहको शवलाई अन्तिम दाहासंस्कारका लागि बुधबार बिराटनगर लगिएको लुम्बिनी सिटी अस्पतालका सञ्चालक बसन्त जीसीले जानकारी गराएका छन् ।
विगत पांच वर्षदेखि डाक्टर सिंहले बुटवलको लुम्बिनी सिटी अस्पतालमा कार्यरत थिए ।
छोटो समयमा पनि स्वास्थ्य सेवामा सफल मानिने डाक्टर सुदिपराज सिंहले हजारौ विरामीको उपचार गरिसकेका थिए ।
स्व. डाक्टर सुदिवराज सिंहका एक पांच वर्षिय छोरा र श्रीमती हुनुहुन्छ ।