प्राणीशास्त्रीहरुको प्रतिवद्धता : अध्ययन अनुसन्धानमा जोड दिन्छौँ


डी. आर. बन्जाडे
बुटवल । लुम्बिनी प्रदेशमा रहेका जैविक विविधता र प्राणीहरुको पहिचान र प्रर्वद्धनका लागि एकमुष्ठ अध्ययनको संस्थागत सुरुवात भएको छ ।

लुम्बिनी प्रदेश जैविक विविधताले भरिपूर्ण रहेको प्रदेश अन्तरगत पर्ने हुँदा यस क्षेत्रमा पाइने प्राणीहरुको अध्ययनका लागि पहल सुरु भएको हो ।
जैविक विविधताका कारण विभिन्न प्रजातिगत प्राणीहरुको बासस्थान रहेकोले त्यसको अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाउने गरी अभियान सुरु गरिएको छ । व्यक्तिगत रुपमा अध्ययन तथा अनुसन्धान हुँदै आएको प्रदेशमा संस्थागत अध्ययन–अनुसन्धानको प्रयासको थालनी भएको छ । लुम्बिनी प्रदेश स्तरीय जुलोजिकल सोसाइटीको गठन गरी प्राणीशास्त्रीहरुले प्राणीहरुको खोज अनुसन्धानलाई व्यापक बनाउने भएका छन् ।

विद्यार्थीको अध्ययनलाई खोज अनुसन्धानमा केन्द्रित गर्न पहल कदमी लिने गरी संस्था गठन गरिएको नवगठिन सोसाइटीका प्रदेश अध्यक्ष बाबुराम बन्जाडे बताउँछन् । ‘मुख्य रुपमा हामी अध्ययन अनुसन्धानलाई नै जोड दिन्छौँ । त्यसमा पनि अध्ययन अनुसन्धानमा खटिने विद्यार्थीहरु र अध्यापन गर्ने प्रध्यापकबीचमा समन्वयत्मक भूमिका समेत होस् भन्ने हाम्रो मनासय छ ।’–उनले भने ।
लुम्बिनी प्रदेश सरकारले समेत अनुसन्धानका लागि रकम विनियोजन गरेको छ । ‘प्रदेश सरकारले अनुसन्धानका लागि रकम समेत छुट्टाएको छ । प्रदेशको विकास खोज अनुसन्धानमा आधारित हुनुपर्छ भन्ने मान्यता हाम्रो हो, लुम्बिनी प्रदेशका समािजक विकास मन्त्री सुर्दशन बरालले भने, ‘प्रदेश भित्रका सम्भाव्य क्षेत्रको पहिचानमा यस्ता संस्थाहरुले भूमिका खेल्नु पर्दछ ।’
नेपाल जुलोजिकल सोसाइटीले सवै प्रदेशमा समिति विस्तार गरी कार्य गर्न उद्देश्य अनुरुप लुम्बिनी प्रदेशमा पहिलो पटक समिति विस्तार भएको सोसाइटीका केन्द्रिय अभियान्ता केशव महतले बताए । ‘हामी सवै प्रदेशमा रहेका प्राणीहरुका बासस्थान र प्राणीहरुको प्रजातिगत अवस्था पहिचानमा जोड दिइरहेका छौँ । सोही अनुरुप अभियान विस्तार हुँदै गएको छ ।’– उनले भने ।
लुम्बिनी प्रदेश अन्तरगत लुम्बिनी क्षेत्र सारस के्रनका लागि परिचित छ । त्यस्तै कपिलवस्तुको जगदिशपुर ताल क्षेत्र विभिन्न प्रजातिका चराहरुका लागि उपयुक्त मानिएको छ । पछिल्लो समय चर्चामा रहेको रुपन्देहीको छपिया विभिन्न प्रकारका माछाका लागि चर्चामा रहेको छ ।
उता अर्घाखाँचीको घेराकोलेक र घोलासी गिद्धका लागि उपयुक्त रहेको गिद्ध संरक्षण अभियान्ता कृष्ण प्रसाद भूषाल बताउँछन् । प्राणीको गुण अनुसार त्यसको बासस्थान पत्ता लग्ने र बासस्थान संरक्षणमा लाग्नु आवश्यक भएको भूषालको भनाई छ ।
वातावरणीय प्रदुषणका कारण पछिल्लो समय प्राणीहरु संकटमा पर्ने गरेका छन् । उचित वातावरण, पर्यावरणलाई सन्तुलित गर्न सके संकटापन्न वर्गमा रहेका प्राणीहरुलाई जोगाउन सकिने अभियान्ताहरुको बुझाई छ ।
वातावरणीय सन्तुलन कायम गर्न स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार र सरोकारवाला निकायको सहकार्य आवश्यक देखिन्छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










