रुपन्देहीमा वजेटको अभाव हुदैन – विष्णु पौडेल

 बुटवल, पुस १ गते ।एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्दहीको विकासका लागि कसैलाई पनि चिन्ता नर्गन आग्रह गरेका छन् ।
उनले रुपन्देहीको विकासका लागि वजेटको अभाव हुन नदिने प्रतिवद्वता जनाए ।
सुक्रबार रुपन्देहीको तिलोत्तमाको जन जागृती माध्यामिक विद्यालयको स्वर्ण महोत्सव तथा ५० औ अभिभावक दिवसको अबसरमा बोल्दै पौडेलले विकासको मुद्धामा जनतासंग प्रत्यक्ष बसेर योजनाका साथ रुपन्देहीको विकास निमार्णमा काम अगाडी बढाउने प्रतिवद्वता जनाए ।
रुपन्देही जिल्ला विकास निमार्णमा अरु जिल्लाको तुलनामा फड्को मारिसकेको दावी गर्दै उनले भने – रुपन्देहीमा आएका साना विकास निमार्णका योजनाहरु सम्पन्न भइसकेको बताउंदै ठुला योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका नेता पौडेलले रुपन्देही शैक्षिक हवको रुपमा स्थापित हुदै गएको बताउदै केही सामुदायिक बिद्यालयहरुकोस्तर उन्नती गरी प्राबिधिक शिक्षालाई प्राथमिता दिनुपर्ने बताए ।
रुपन्देही क्षेत्र न ५ का प्रतिनिधि सभा सदस्य बासुदेब घिमिरेले सामुदायिक विद्यालयहरु सञ्चालन गर्न केही चुनौती भएता पनि अहिले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्थरवृद्वि हुदै गएको हुंदा विद्यालयमा विद्यार्थीको चाप बढदै गएको बताए ।
प्रदेश सभा सदस्य लिला गिरीले नयां प्रविधि अनुसार शिक्षा क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताए ।
कार्यक्रममा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा,अभिभावक संघका लोकनाथ ज्ञावाली लगायतले बोलेका थिए ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष यादवनाथ आचार्यको अध्यक्षता,विद्यालयका सह प्राध्यापक खेमराज खनालको सन्चालन तथा तथा शिक्षक तिलकप्रसाद डुमे्रको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेललले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।