पाल्पामा भेटिएका तोप अंगे्ज कालका हुन सक्ने सम्भावना
बुटवल, पुस ५ गते । पाल्पामा ३ सय वर्ष भन्दा बढी पुराना तोपका गोलाहरु भेटिएका छन् । सदरमुकाम तानसेनमा नेपाली सेना दि फेशम महिन्द्र दल गणले घडेरी खन्ने क्रममा ती तोपका गोलाहरु भेटाएको हो ।
तानसेन नगरपालिका वडा नंं. ४ गोलखानामा रहेको जग्गामा नेपाली सेनाको अतिथी गृह निर्माणको लागी जग खन्दै गर्दा ती तोपका पुराना गोलाहरु भेटिएका हुन् ।
ति तोपका गोलाहरु कोही हातभरीका कोही अलि ठुलो, कोही स–साना आकारका छन् । इष्ट ईण्डिया कम्पनीको अंग्रेज सेनासंग भिमसेन थापाको समयदेखि पाल्पाबाट नेपाली सेनालेयुद्ध लड्दै आएको इृतिहांस छ ।
कर्णेल उजिरसिंह थापाको कार्यकालमा नेपाली सेना र अंग्रेज सेनावीच दुई पटकयुद्ध भएको थियो ।
अहिले भेटिएका तोपका गोलाहरु सोही समयका हुन् या अन्य कुनै समयका हुन् भन्ने विषयमा अझै यकिन हुन सकेको छैन ।
तोपका गोला भेटिएकोबारे पाल्पास्थित नेपाली सेनाले मुख्यालयमा जानकारी गराएको बताईएको छ ।
भेटिएका तोप गोलाहरु नेपाली सेनाले सुरक्षित राखेको छ ।